काठमाडौँ,माघ २ ।
माघे सङ्क्रान्तिमा अत्यधिक खपत हुने भएकाले तरुलको आयात ह्वात्तै बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा मात्रै दैनिक एकदेखि डेढ लाख किलो तरुल आयात भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
कालीमाटी बजारमा (पुस २९ गते) १ लाख १९ हजार १६२ किलो तरुल आयात भएको उल्लेख छ । त्यस्तै, सोमबार १ लाख ४० हजार ९६६ किलो शनिबार १ लाख ४७ हजार ३९५ किलो २५ गते १ लाख ९ हजार ८० किलो तरुल कालीमाटी तरकारी बजारमा आयात भएको उल्लेख छ । 
काठमाडौँ उपत्यकामा कालीमाटी बाहेक बल्खु, जडीबुटी लगायत अन्य स्थानमा ठुला तरकारी बजार रहेका छन् । जसमा बिक्री हुने वस्तु छुट्टै आयात हुने गरेको छ ।
आज कालीमाटी तरकारी बजारमा तरुलको औसत मूल्य प्रतिकिलो ९० रुपैयाँदेखि अधिकतम १२० रुपैयाँमा कारोबार भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)