काठमाडौं ,पुस ३०।
नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालगायतलाई पार्टीबाट निष्काशनगरेको छ । बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले पार्टी हितविपरीत गएको भन्दैउनीहरुलाई पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो ।
बैठकले विशेष महाधिवेशनको पक्षमा लाग्नेहरूलाई आ–आफ्नो भूमिकामा फर्किन आग्रह गरेको छ ।
पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई बेवास्ता गरिएको भन्दैमहामन्त्रीद्वयले आह्वान गरेका थिए ।
पार्टी विभाजन रोक्न भन्दै नेताहरूले छलफलमा गरेका थिए । त्यस्तै, महामन्त्रीद्वयले सभापति शेरबहादुर देउवासँगछलफल गरे पनि निकास निकाल्न सकेनन् । त्यस्तै, कांग्रेसले सहमहामन्त्री फर्मुल्लाह मन्सूरलाई पनि ५ वर्षकालागि पार्टीबाट निष्कासन गरेको छ ।नेपाली कांग्रेसलाई एक ढिक्का बनाएर लैजान दुई महामन्त्रीले अन्तिमविकल्पका रूपमा आठ बुँदे प्रस्ताव पठाएका थिए । तर ती प्रस्ताव इन्कार गर्दै संस्थापन पक्ष कारबाहीमा अगाडिबढेको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)