Logo बिहिवार, आश्विन १ गते २०८३
images

देउवा निवास महाराजगञ्जमा निर्णायक वार्ता शुरू

देउवा निवास महाराजगञ्जमा निर्णायक वार्ता शुरू

  • 492
    SHARES

  • देउवा निवास महाराजगञ्जमा निर्णायक वार्ता शुरू

    काठमाडौं ,पुस ३० ।
    नेपाली कांग्रेसभित्र चुलिँदै गएको विवाद समाधान गर्ने प्रयासस्वरूप सभापति शेरबहादुर देउवाले आफ्नै निवास महाराजगञ्जमा निर्णायक वार्ता  थालेका छन्।

    भृकुटीमण्डपमा विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया तीव्र रूपमा अघि बढिरहेका बेला देउवाले सहमतिको अन्तिम प्रयासस्वरूप बैठक छलफल थालेका हुन्।

    ‘अन्तिम निर्णय’को रूपमा हेरिएको उक्त वार्तामा सभापति देउवासँग महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले समेत छलफल गर्दै छन्। बैठकमा संस्थापन पक्षबाट बालकृष्ण खाण र रमेश लेखक सहभागी छन् भने शेखर कोइराला समूहबाट डा. मिनेन्द्र रिजाललगायत नेताहरू उपस्थित छन्।

    विशेष महाधिवेशन प्रचारप्रसार उपसमितिका संयोजक सुवास पोखरेलका अनुसार संस्थापन पक्षबाट सहमतिको अन्तिम प्रयास भइरहे पनि विशेष महाधिवेशनको निर्वाचन कार्यक्रम यथावत् अघि बढाइएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, पौष ३० २०८२१०:०९:२४

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology