बुटवल,पुस २९ ।
बुटवलको नयाँगाउँ माध्यमिक विद्यालयले आफ्नो ६३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गरि मनाउने भएको छ । विद्यालयले वार्षिकोत्सवको अवसरमा मंगलबारदेखि माघ २ गतेसम्म विविध कार्यक्रम गर्ने भएको छ ।
विद्यालयले मंगलबारदेखि ३० गतेसम्म जुनियर तर्फ स्पुन रेस, म्युजिक चियर रेस, स्विट रेस, क्विज, हट पोटाटो, गणित दौड, सिगो धागो दौड, बेलुन बलास्टर, बेलुन डान्स, ज्याकेट रेस प्रतियोगिता आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम भट्टराईले बताए ।
यस्तै सिनियर तर्फ अन्तर सदनात्मक फुटबल, भलिबल, बास्केटबल, कुर्चि दौड, क्रिटेक, लगायतका खेलकुदका कार्यक्रम हुने उनले बताए ।
माघ १ गते हाजिरी जवाफ प्रतियोगिता तथा पुस्कार वितरण हुने छ भने माघ २ गते विशेष कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव मनाउने विद्यालयले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)