बुटवल, पुस २९ ।
जी २५ क्लव बुटवल ११ देवीनगरले तिलोत्तमामा रहेको रामचन्द्र मैनादेबी अनाथ आश्रममा खाद्यान्न बितरण तथा खाना खुबाउने कार्यक्रम गरेको छ ।
क्लवे पृथ्बी जयन्तिको अबसर पारेर तिलोत्तमा नगरपालिका बार्ड नं ६ मा रहेको रामचन्द्र मैनादेबी अनाथ आश्रममै खाद्यान्न बितरण तथा खाना खुबाउने कार्यक्रम गरेको अध्यक्ष जगदिश न्यौपानेले बताउनुभयो ।
सो अवसरमा बोल्दै, कार्यक्रममा प्रमुख अतिथी तिलोत्तमा नगरपालिका बार्ड नं ६ का बार्ड अध्यक्ष गणेश पाठकले क्लवले सधै सामाजिक काम गरिरहेकोमा धन्यवाद दिदै आगामी दिनमा यसैगरि काम गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा आश्रमकी अध्यक्ष मैनादेबी भण्डारीले क्लवले सम्झेर सहयोग गरेकोमा धेरै खुसी लागेको बताउनुभयो ।सो अवसरमा क्लबका संस्थापक अध्यक्ष ,उपाध्यक्ष मार्गदर्शक, सल्लाहाकार , कार्यसमितीका सदस्य एवं क्लबका आजीबन सदस्यहरुको सहभागिता रहेको सचिव रेशम महराले बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)