Logo बिहिवार, आश्विन १ गते २०८३
images

ओली सरकारविरुद्ध आज देशभर नेपाली कांग्रेसको प्रदर्शन

ओली सरकारविरुद्ध आज देशभर नेपाली कांग्रेसको प्रदर्शन

  • 3.2K
    SHARES

  • ओली सरकारविरुद्ध आज देशभर नेपाली कांग्रेसको प्रदर्शन

    बुटवल,माघ २४-

    आज नेपाली कांग्रेसले विरोध प्रदर्शन गर्दैछ । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा संसद विघटनविरुद्ध कांग्रेस विरोध प्रदर्शन उत्रिरहेको हाे । 

    प्रतिनिधिसभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम भन्दै आन्दोलित कांग्रेसको तेस्रो चरण आन्दोलन गरिरहेको छ ।

    शनिबारको कार्यक्रम शुभेच्छुक संस्थाहरूले ७७ जिल्लाको सदरमुकाममा गर्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् । शर्माले आन्दोलनका कार्यक्रममा व्यापकता सहभागिताका लागि समेत सबैमा अपिल गरेका छन् ।

    कांग्रेसले प्रतिनिधिसभा विघटन र संवैधानिक परिषद्ले गरेको निर्णयमा अझै आन्दोलन चर्काउने जानकारी दिएको छ ।

    ‘संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्ने कदम होस् या त्यसपछिको बैठक अथवा पछिल्लो शपथग्रहण । दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरीतको कर्म गर्ने सर्वसत्तावाद उन्मुख प्रवृत्तिविरुद्ध हाम्रो संघर्ष जारी छ, जारी रहने छ,’कांग्रेस प्रवक्ता शर्माले विज्ञप्तिमा उल्लेख गरेका छन् ।congress.jpg
     
    नेपाली कांग्रेसले यसअघि पुस १३, पुस २५, माघ ३, माघ ८ र माघ १९ मा विभिन्न तहमा विरोध कार्यक्रम गरेको थियो । कांग्रेसले यसपछि फागुन ३ गते ७७ जिल्लामै नेपाली कांग्रेस जिल्ला कार्यसमितिको नेतृत्वमा एकैसाथ सशक्त प्रदर्शनको कार्यक्रम तय गरिसकेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology