Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपाली भान्सामा विषादीको प्रवेश डरलाग्दाे, विषादीका कारण ६५५ रोग लाग्ने !

नेपाली भान्सामा विषादीको प्रवेश डरलाग्दाे, विषादीका कारण ६५५ रोग लाग्ने !

  • 765
    SHARES

  • नेपाली भान्सामा विषादीको प्रवेश डरलाग्दाे, विषादीका कारण ६५५ रोग लाग्ने !

    बुटवल,पुस २९ ।

    पछिल्लो समय खाद्यबालीमा बढिरहेको विषादीको प्रयोग सकेसम्म कम गर्न जरुरी रहेको एक कार्यक्रम जोड दिइएको छ । यसको प्रयोग बढ्दै जाँदा मानव जीवन अस्तव्यस्त भैरहेकाले विषादीको प्रयोग घटाउनुपर्नेमा जोड दिइएको हो ।

    नेपाली भान्सामा विषादीको प्रवेश र यसको रोकथामका उपायबारे बुटवलका भएको छलफल कार्यक्रममा विषादीको प्रयोग र यसले पार्ने दीर्घकालीन असरबारे छलफल गरिएको हो । 
    कार्यक्रममा सहजकर्ता हुमकान्त काफ्लेले विषादीको बढ्दो प्रयोगका कारण नेपालमा बर्सेनी १ हजार मानिसको मृत्यु हुने गरेको उल्लेख गर्दै यसमा उपभोक्ता र कृषकले बढी ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

    विगतमा विषादी उत्पादक र व्यवसायी रहनुभएका काफ्लेले विषादीको प्रयोग र प्रयोगपछिको वेटिङ पिरियडलाई ख्याल गरेमा विभिन्न प्रकारका घातक रोगबाट बच्न सकिने बताउनुभयो ।  

    खाद्यबालीमा प्रयोग गरेको विषादीको प्रकारअनुसार ३ देखि ९० दिनसम्म त्यसको वेटिङ पिरियड रहने सो पिरियडपछि प्रयोग गरेमा विषादीको असरबाट वच्न सकिने बताउँदै सावधानी अपनाउन जोड दिनुभयो ।  

    उहाँ भन्नुहुन्छ "विषादी विशेषगरी चार प्रकारका हुन्छ ।  त्यसमध्ये राताे सबैभन्दा कडा हुन्छ । राताेपछि पहेँलाे , निलाे र हरियाे सबैभन्दा कम घातक हुन्छ ।"

    ६५५ रोग विषादीको कारण हुने उल्लेख गर्दै उहाँले विषादीको प्रयोगका बारेमा विद्यालय स्तरबाट जानकारी गराउन जरुरी रहेको बताउनुभयो । र सकेसम्म विषादीको प्रयोग कम गर्न आग्रह गर्नुभयो ।

    रकारी र फलफूलमा ९५५ विषादीको प्रयोग हुने उल्लेख गर्दै बजारबाट ल्याउने बित्तिकै मनतातो पानीमा नुन राखी अथवा कागती पानीमा त्यसलाई डुबाएर राख्नाले पनि त्यसको कम असर पर्ने जनाउनु भयो । सबैभन्दा बढी विषादी काउली र टमाटरमा हुने भएकाले यसको प्रयोगमा सचेत बन्न आग्रह गर्नुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology