Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलमा तेस्रो लाफा खुल्ला तथा भेट्रान्स पुरुष डबल व्याडमिन्टन प्रतियोगिता शुरू

बुटवलमा तेस्रो लाफा खुल्ला तथा भेट्रान्स पुरुष डबल व्याडमिन्टन प्रतियोगिता शुरू

  • 2.6K
    SHARES

  • बुटवलमा  तेस्रो लाफा खुल्ला तथा भेट्रान्स पुरुष डबल व्याडमिन्टन प्रतियोगिता शुरू

    बुटवल,माघ २३ -

    लाफा समूह बुटवलको आयोजनामा शुक्रबारदेखि तेस्रो लाफा खुल्ला तथा भेट्रान्स पुरुष डबल व्याडमिन्टन प्रतियोगिता २०७७ शुरु भएको छ ।

    उद्घाटन खेलमा ज्ञानु सारु र बेग प्रसाद पाण्डेको जोडी विजयी भएका छन। सारु र पाण्डेको जोडीले अर्जुन कार्की र आयुस कार्कीको जोडीलाई २-१ को सेटमा पराजित गरेका हुन।

    पहिलो सेट २१-१९ अंकमा सारु र पाण्डेको जोडीले जित्दै खेलमा अग्रता लिएको थियो। तर दोस्रो सेट भने कार्कीको बाबू छोराले २१-११ को अंकमा खेल फर्काउदै बराबरीमा ल्याए। अन्तिम तथा निर्णायक सेटमा २१-११ को सेटमा जित निकाल्दै सारु र पाण्डेको जोडीले खेलमा जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरे ।प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले उद्घाटन गर्दै नगरमा खेल विकासमा स्वतस्फूर्त अग्रसर धेरै संघसंस्थाहरु रहेको बताए।

    पछिल्लो समय खेलकुदका विद्यालाई समेट्ने गरि खेलकुद विकास समितिमा आवद्ध मार्फत काम अघि बढेको भन्दै उनले अन्तर्राष्ट्रियस्तरको बहुउद्देश्यीय, राष्ट्रिय स्तर गरि विविध पुर्वाधार विकासमा आफू लागेको बताए ।

    कार्यक्रममा वडा नं ८ का वडाअध्यक्ष भिम बहादुर श्रेष्ठ, बुटवल नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचा, नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका उपाध्यक्ष दिनेश पाण्डे, क्लबका संरक्षक बासुदेव लामिछाने, सल्लाहकार केशव राना, सल्लाहकार देवेन्द्र थापाले खेल विकासमा सबैको सहयोग जरुरी रहेको बताए।

    लाफा समुहका अध्यक्ष तारा रेश्मी मगरले विभिन्न उपसमितिमार्फत तयारी पुरा भएको बताए ।लुम्बिनी प्रदेशकै सर्वाधिक पुरस्कार राशिको ब्याडमिन्टन  प्रतियोगिता भएको उनले दाबी गरे ।

    प्रतियोगिताको खुल्लातर्फ उपाधि विजेताले नगद ५५ हजार ५ सय ५५, उपविजेताले नगद ४१ हजार ५ सय ५५ र  तृतियलाई ३१ हजार ५ सय ५५ रुपैया, ट्रफि मेडल प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । भेट्रान्स तर्फ २५ हजार ५ सय ५५, १५ हजार ५ सय ५५ तथा तृतियलाई १० हजार ५ सय ५५ रुपैया ट्रफि मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने तथा प्रतियोगितामा उत्कृष्ट, अनुसासित र उदयमान खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए ।

    समाज रुपान्तरणका लागि स्थापनाकालदेखि रक्तदान, विभिन्न आपतकालिन अवस्थामा राहत संकलन, नेपाली संस्कृतिलाई जगेर्ना गर्नको निम्ति विभिन्न सांस्कृतिक कार्यक्रम तथा भलिबल, फुटबल, ब्याडमिन्टन लगायत विभिन्न प्रतियोगिता गर्दै आएको छ । प्रतियोगिता संयोजन पुरन गाहाले टप रेकिङभन्दा बाहिरका खेलाडीहरुले भाग लिएका छन् ।

    यसवर्ष खुलातर्फ ५८ र भेट्रान्स तर्फ २८ बढि टिम छन्। विस २०७६ सालमा स्थापना भएको लाफा समूह यस क्षेत्रको सामाजिक संस्थाहरु मध्ये एक फरक पहिचान बनाएको छ। 

    वैदेशिक रोजगारमा रहेका लाफाका सदस्यहरुबाट सहयोग जुटाएर प्रतियोगिता गरेको हो । 

    badminton.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology