Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पानस कृषि सहकारीको १० औं वार्षिक साधारणसभा तथा ११ औं स्थापना दिवस

पानस कृषि सहकारीको १० औं वार्षिक साधारणसभा तथा ११ औं स्थापना दिवस

  • 666
    SHARES

  • पानस कृषि सहकारीको १० औं वार्षिक साधारणसभा तथा ११ औं स्थापना दिवस

    बुटवल,पुस २७ । 

    पानस कृषि सहकारी संस्था लिमिटेड बुटवलको १० औं वार्षिक साधारणसभा तथा ११ औं स्थापना दिवस आइतबार बुटवलमा सम्पन्न भएको छ ।

    सहकारीका अध्यक्ष सुभाष रसाईलीको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं। ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियो । वडा अध्यक्ष क्षेत्रीले बोल्दै सहकारीलाई कृषि क्षेत्रमा उत्पादनसंग जोड्दै लैजानुपर्ने बताए ।

    उनले पछिल्लो समय सहकारीहरु विवादमा आउने गरेकोले राम्रो सहकारीलाई पनि एउटै डालोमा राख्न नहुने बताउँदै सदस्यहरुको आर्थिक मेरुदण्डका रुपमा सहकारीलाई लिनुपर्ने बताए ।

    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका सहकारी विभाग प्रमुख गुणाखर खनालले सहकारीका बारेमा प्रकाश पारेका थिए ।

    सहकारीका अध्यक्ष सुभाष रसाइलीले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष यमसरी थापाले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक सुभाष केसीले लेखासमितिको प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मतले पारित गरेको छ । कार्यक्रममा सहकारीका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार शोभाकर खनाल, नेको ईन्योरेन्स बुटवलका सुपरभाइजर अर्जुन अधिकारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    सहकारीमा शेयर पूँजी ६७ लाख ४१ हजार, कुल बचत रकम २ करोड ५ लाख ४ हजार ७ सय ५ रुपैयाँ ११ पैसा, कुल ऋण लगानी २ करोड ३५ लाख ११ हजार १ सय ८६ रुपैयाँ रहेको छ भने ४ सय ४३ सेयर सदस्यहरु आवद्ध रहेका छन् । कार्यक्रममा विग सेयर सदस्यका रुपमा सीता भट्टराई, असल बचतकर्ता छल कुमारी राना, असल ऋणि सन्तोष शाही र ज्येष्ठ नागरिक कालिका उपाध्यायलगायत सम्मानित भएका छन् ।

    कार्यक्रममा सहकारीका सेयर सदस्यहरुलाई कौशी खेतीको लागि प्राङ्गारिक मल र अर्गानिक कोदोको पिठो वितरण गरिएको थियो । स्थानीय सीप र उत्पादनको अधिकतम प्रयोग गरी सेयर सदस्यहरुको व्यवसायिक क्षमता अभिवृद्धि गर्नका लागि स्थापना भएको सहकारीका उपाध्यक्ष क्षेत्र बहादुर थापा मगरको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सचिव दिल बहादुर थापा मगरले गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology