Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

बुटवलमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

  • 675
    SHARES

  • बुटवलमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

    बुटवल ,पुस २७ ।

    बुटवलमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ ।

    बुटवल उपमहानगरपालिका नगर खेलकूद बिकास समितिको आयोजनामा देविनगरस्थित एन्फा टेक्निकल सेन्टर खेल मैदानमा एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय मशालसहित मार्चपास तथा बेलुन उडाएर उद्घाटन गर्दै बुटवलमा खेल महाकुम्भका रुपमा आयोजना गरिदै आएको बताए ।

    बुटवलमा गरिने खेलकुद प्रतियोगिता एउटा मोडलका रुपमा विकास भएको भन्दै उनले बुटवलबासीले गर्व गर्ने खेलकुद प्रतियोगिताहरु संचालन भैरहेको दाबी गरे । एउटा पालिकाबाट गरिएको भएपनि जिल्ला, प्रदेश र संघबाट आयोजना गरिने कार्यक्रम जत्तिकै महत्वपूर्ण र वृहत भएको उनले बताए । ‘यो देशभरि नै अनुभुती हुने खालको र बुटवलबासीको गर्व गर्ने खेलको कार्यक्रम हो ।’–उनले भने ।

    उद्घाटन सत्रमा विभिन्न विद्यालयहरुबाट सहभागी विद्यार्थीहरुले मार्चपास गरेका थिए । पहिलो दिन एथ्लेटिक्स, भलिबल, कबठ्ठी, कराते लगायतका खेलहरु समेत भएका छन ।

    कार्यक्रममा उपप्रमुख सावित्रादेवि अर्यालले वार्षिक बजेट नै बिनियोजन गरेर खेल विकासमा आफुहरु योजनाबद्ध रुपमा लागेको बताईन । ‘यो वर्ष समयमा नै खेल सक्नेगरि तालिका अनुसार अघि बढेका छौ ।’– उनले भनिन । शिक्षा, स्वास्थ्य, पर्यटन, खेल, कला, संस्कृतिको क्षेत्रमा अब्बल हुने गरि पालिका अघि बढेको उनले दाबी गरिन । अरु पालिकालाई उदाहरण बन्ने गरि काम गरिरहेको उनले बताईन ।

    कार्यक्रममा मध्यपश्चिम पृतना हेक्वा पृतनापति उपरथि हिम्मत बहादुर बिष्टले बुटवल खेलाडीहरुको उर्वरभुमीका रुपमा परिचित रहेको जिकिर गर्दै यही अनुसारको धेरै खेल गतिविधि हुने गरेको बताए ।

    कार्यक्रममा नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पियाले खेलाडी उत्पादन गर्ने, पहिचान गर्ने र अनुसासन सिकाउने रुपमा प्रतियोगिताको महत्व रहेको बताए । प्रतियोगितामा भलिबल ,कबड्डी ,एथ्लेटिक्सतर्फ दौड, हाई जम्प, लङ्ग जम्प, सटपुट, ज्याभ्लिङ्ग थ्रो, मार्शल आर्टको विधाहरु कराँते, तेक्वान्दो प्रतियोगिताहरु हुने उनले बताए ।

    प्रतियोगितामा रनिङ शिल्ड विजेता विद्यालयले नगद २५ हजार राशी प्राप्त गर्नेछ भने उप विजेता र तृतीय हुने विद्यालयलाई समेत क्रमशः १५ हजार र १० हजार नगद राशीले सम्मान गरिने छ ।

    यसैगरी छात्रा/छात्र भलिबल प्रतियोगितामा विजेता दुबै समूहलाई नगद १५ हजार, द्वितीय हुने समूहलाई ७ हजार ५ सय कबड्डी तर्फ पनि प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १५ हजार ७ हजार ५ सय र ३ हजार ५ सय नगद राशी प्रदान गरिने छ । प्रतियोगितामा ४२ विद्यालयबाट १६ सय बढी खेलाडीहरु प्रतिस्प्रर्धा गर्ने छन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology