Logo मंगलवार, श्रावण १२ गते २०८३
images

'हामी कांग्रेसलाई चिसो हुन दिँदैनौँ ' : चन्द्र भण्डारी

'हामी कांग्रेसलाई चिसो हुन दिँदैनौँ ' : चन्द्र भण्डारी

  • 1.3K
    SHARES

  • 'हामी कांग्रेसलाई चिसो हुन दिँदैनौँ ' : चन्द्र भण्डारी

    काठमाडौँ ,पुस २७ ।

    नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले देश सञ्चालनमा गम्भीर परिवर्तनको आवश्यकता रहेको बताएका छन् । पद बाँडफाँट र व्यक्तिगत स्वार्थमा केन्द्रित भएर देश बन्न नसक्ने स्पष्ट पार्दै उनले व्यक्ति विचारबाट चल्दा मात्र देश बन्ने धारणा राखे ।

    पार्टीको आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले २००७ सालमा नेपाली जनतालाई अधिकार दिलाउन आन्दोलन गरिएको स्मरण गर्दै २०४६ सालमा कृष्णप्रसाद भट्टराईको नेतृत्वमा संविधान प्राप्त भएको बताए । त्यस्तै, सुशील कोइरालाको नेतृत्वमा संविधानसभामार्फत संविधान जारी भए पनि देशलाई सही ढंगले सञ्चालन गर्न नसकिएको उनको भनाइ छ ।

    भण्डारीले  ठूला दल मिलाएर सरकार बनाइए पनि अपेक्षित परिणाम नआएको उल्लेख गरे । उनले भने, 'विगतमा जसलाई हामीले तानाशाह भन्यौँ, उनैले दलहरूलाई दरबारमा बोलाएर श्रीपेच हस्तान्तरण गरे । तर जेनजी आन्दोलनका बेला हाम्रा नेतालाई जोगाउन हेलिकप्टर चढाउनुपर्‍यो । यही हो प्रजातन्त्र ?'

    यस्तो परिस्थितिमा प्रजातन्त्र जोगाउन गम्भीर आत्मसमीक्षा र परिवर्तन आवश्यक रहेको उनको भनाइ छ । उनले पार्टीप्रति आशा व्यक्त गर्दै कांग्रेसलाई कमजोर हुन नदिने बताए । उनले भने, 'अँगेना सधैँ तातो रहँदैन । दाउरा थप्ने मान्छे भएन भने अँगेना चिसिन्छ । हामी कांग्रेसलाई चिसो हुन दिँदैनौँ ।'

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology