Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अण्डर १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि न्यू होराइजन क्रिकेट एकेडेमीलाई

अण्डर १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि न्यू होराइजन क्रिकेट एकेडेमीलाई

  • 4.8K
    SHARES

  • अण्डर १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि न्यू होराइजन क्रिकेट एकेडेमीलाई

    बुटवल,माघ २३ -

    अन्डर १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि न्यू होराइजन क्रिकेट एकेडेमी रुपन्देहीले जितेको छ ।

    भैरहवाको सिद्धार्थ रंगशालामा आज भएको फाइनल खेलमा न्यू होराइजनले धनगढी क्रिकेट एकेडेमीलाई सुपर ओभरमा आठ रनले पराजित गरेको थियो ।

    उपाधिसँगै न्यू होराइजनले २० हजार सहित ट्रफी जितेको छ । म्यान अफ द सिरिज र उत्कृष्ट खेलाडी धनगढीका नरेन भट्ट भए । धनगढीकै रजत राना उत्कृष्ट बलर भए । टस जितेर ब्याटिङ गरेको धनगढीले निर्धारित ३५ ओभरमा सात विकेट गुमाउँदै एक सय ४८ रन बनायो । उसका लागि पुष्पराज उपाध्यायले ३९, सचिन साउदले ३३ र खगेन्द्र कुँवरले २७ रन बनाए ।

    बलिङमा होराइजनका सुमित पराजुलीले तीन, अनिल थापाले दुई र समिर खाँनले एक विकेट लिए ।जवाफी ब्याटिङ गरेको होराइजन ३४ ओभर चार बलमा सबै विकेट गुमाई एक सय ४८ रन बनाएपछि म्याच सुपर ओभरमा पुगेको थियो ।

    उसका लागि राहुल भण्डारीले २९, सुमित पराजुलीले १८ र सचिन थापाले दश रन बनाए । बलिङमा धनगढीका संदीप विष्ट र रजत रानाले समान तीन-तीन विकेट लिए । पूर्व राष्ट्रिय खेलाडी शक्ति गाैचनले आफ्नो बुवाको स्मृतीमा प्रतियोगिता आयोजना गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology