Logo बिहिवार, आश्विन १ गते २०८३
images

पृथ्वी कप टेपबल क्रिकेट च्याम्पियनसिपको उपाधि लुम्बिनी नवयुवा क्लवलाई

पृथ्वी कप टेपबल क्रिकेट च्याम्पियनसिपको उपाधि लुम्बिनी नवयुवा क्लवलाई

  • 570
    SHARES

  • पृथ्वी कप टेपबल क्रिकेट च्याम्पियनसिपको उपाधि लुम्बिनी नवयुवा क्लवलाई

    बुटवल ,पुस २७ ।

    रुपन्देहीमा सम्पन्न पृथ्वी कप टेपबल क्रिकेट च्याम्पियनसिप २०२६ को उपाधि लुम्बिनी नवयुवा क्लबले चुमेको छ ।

    बुटवल उपमहानगरपालिकाको सहयोग, टेप बल काउन्सिल अफ नेपालको समन्वयमा पृथ्वीनारायण शाह स्र्पोटस फाउण्डेसन बुटवलको आयोजनामा आईतबार भएको फाईनलमा राधाकृष्ण युवा क्लबलाई ७४ रनले पराजित गर्दै लुम्बिनी उपाधि चुमेको हो । उपाधिसंग लुम्बिानी नगद १ लाख रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता राधाकृष्ण भने नगद ५० हजार रुपैया, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।

    प्रतियोगितामा प्लेयर अफ दी सिरिज राधाकृष्णका साजन बिटालू घोषित हुदै नगद १५ हजार, कपबाट पुरस्कृत भए । यसैगरि राधाकृष्णका साजन बिटालु उत्कृष्ट ब्याटर, अरबाज खान उत्कृष्ट बलर घोषित हुदै नगद पाच÷पाच हजार रुपैया, कपबाट पुरस्कृत भए ।

    रामनगर खेलमैदानमा भएको खेलमा लुम्बिनी नवयुवाले टसजितेर ब्याटिङ रोज्दै निर्धारित १० ओभरमा ६ विकेटको नोक्सानीमा १३४ रन बनायो । लुम्बिनीका रुपेश कुर्मीले १२ बलमा ३५ र साजन बिटालीले १८ बलमा ३२ रन बनाए । राधाकृष्णका अरबाज खानले ३ विकेट लिए । मध्यम लक्ष्य पछ्याएको राधाकृष्ण ८।३ ओभरमा केवल ६० रनमा समेटियो । राधाकृष्णका सम्राट थापाले १३ रनबाहेक अन्यले दोहोरो रन जोड्न सकेनन । कम स्कोरमा रोक्न लुम्बिनीका तुल बहादुर थापाले ४ तथा रुपेश कुर्मीले २ विकेट लिए । रुपेश प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

    एक समारोहका बिच बुटवल उपमहानगरपालिका वडा नं १० का वडाअध्यक्ष बल बहादुर पुन, नेपाल खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारी, सयपत्री युवा क्लबका अध्यक्ष प्रतिष्ठानका अध्यक्ष निरजप्रताप खाँड, टेपबल काउन्सिलका कोषाध्यक्ष राजु राना, बुटवल अटो ईन्जिनियरिङका महासचिव पुनित पोखरेल, प्रतिष्ठानका सचिव सन्तोष सिहले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन ।

    प्रतियोगितामा ग्राण्ड कस्मो लुम्बिनी, देबिनगर क्रिकेट क्लब, लुम्बिनी नव युवा, मर्निङ क्रिकेट क्लब, रोट्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देही, लुम्बिनी युथ क्लब, राधाकृष्ण क्रिकेट क्लब तथा सनाया होलिडेज ट्राभल्स लगायत आठ टिम सहभागी रहेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology