Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा शुरू (फोटोफिचर)

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा शुरू (फोटोफिचर)

  • 960
    SHARES

  • नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा शुरू (फोटोफिचर)

    काठमाडौँ,पुस २७ ।

    नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा शुरू भएको छ ।महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा आयोजित यो महाधिवेशनको उद्घाटन महामन्त्रीद्वयले बेलुन उडाएर शुरू भएको छ ।

    महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया बिहानदेखि नै शुरू भएको छ ।आयोजकहरूका अनुसार ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको छ ।congress-special-general-assam-82-9-27pppqq (6).jpg

    प्रतिनिधि दर्ता शुल्क प्रतिव्यक्ति एक हजार रुपैयाँ तोकिएको छ । यो विशेष महाधिवेशन पार्टी विधानको धारा १७ (२) अनुसार ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरमा आधारित छ । महाधिवेशनले पार्टीको नेतृत्व परिवर्तन, नीतिगत पुनरवलोकन, संरचनागत सुधारलगायतका एजेन्डामा छलफल गर्ने जनाइएको छ। उद्घाटन सत्रपछि बन्द सत्र शुरू हुने र महाधिवेशन सोमवारसम्म चल्ने कार्यक्रम छ ।congress-special-general-assam-82-9-27pppqq (8).jpg

    यद्यपि, पार्टीको संस्थापन पक्ष (सभापति शेरबहादुर देउवा नेतृत्वको) ले यो महाधिवेशनलाई औपचारिक मान्यता दिएको छैन ।

    यसलाई विधानविपरीत भएको बताएको छ । संस्थापन पक्षले नियमित १५औँ महाधिवेशनको कार्यतालिका तय भइसकेकाले विशेष महाधिवेशनको औचित्य नभएको धारणा राख्दै आएको छ । महाधिवेशन स्थल भृकुटीमण्डपमा हजारौँ नेता, कार्यकर्ता र शुभचिन्तकहरूको उत्साहपूर्ण उपस्थिति रहेको छ ।congress-mahadhiveshan-2082.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology