Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देही उद्योग संघद्वारा औद्योगिक प्रदर्शनीको समीक्षा,अपेक्षित सफलता पाएको निश्कर्ष

रुपन्देही उद्योग संघद्वारा औद्योगिक प्रदर्शनीको समीक्षा,अपेक्षित सफलता पाएको निश्कर्ष

  • 630
    SHARES

  • रुपन्देही उद्योग संघद्वारा औद्योगिक प्रदर्शनीको समीक्षा,अपेक्षित सफलता पाएको निश्कर्ष

    बुटवल,पुस २६।
    रुपन्देही उद्योग संघले पौष ३ गतेदेखि १७ गतेसम्म बुटवल मण्डपमा आयोजना गरेको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ को समीक्षा गरेको छ ।

    शनिबार संघका पूर्वअध्यक्षहरु, सल्लाहकारहरु, मूल आयोजक समितिमा रहेका पदाधिकार तथा सदस्यहरुबीच गरिएको समीक्षा बैठकमा सहभागीहरुले प्रतिकुल समयमा पनि आयोजना गरिएको यो प्रदर्शनीले सबैको साथ र सहकार्यले अपेक्षिता सफलता प्राप्त गरेको निष्कर्ष निकालिएको छ ।

    यो प्रदर्शनीले स्वेदशी उत्पादनहरुको प्रदर्शन र बजारीकरण, प्राविधिक र व्यवसायिक अनुभवको आदानप्रदान, नेपाली उद्योगको लागि अवसरको खोजी, उत्पादन उपभोक्ताबिज्ञहरु र सरकारी निकायबीच  अन्तरसम्वाद बढाउनुभको साथै आन्तरिक तथा बाह्य औद्योगिक वातावरणको जानकारी, निर्यातमूलक उद्योगको पहिचान र प्रोत्साहन, युवा तथा महिला उद्यमीहरुलाई प्रोत्साहन,पर्यटक क्षेत्रका व्यवस्था बारेमा सरोकारवालाबीच छलफल, औद्योगिक जनशक्ति निर्माणमा सहयोग पुगेको निचोड निकालिएको छ ।WhatsApp Image 2026-01-10 at 2.44.50 PM.jpeg

    प्रदर्शनीका क्रममा कुनै अप्रिय घटना नभएको, अत्याधुनिक प्रविधिको प्रयोगले भित्र हराएको एक स्कुटर, मोबाइल, पर्स तथा अन्य समान सबै भेटिएको प्रमाणले पनि यसलाई अझै महत्वपूर्ण मानिएको बैठकको निचोड थियो । चिसो बढी भएकाले सहभागी अवलोकनकर्ता केही कमी आएपनि समग्रमा सबै पक्ष सकारात्मक भएको निष्कर्ष बैठकले गरेको हो ।  

    संघले ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार भन्ने मूल नारा बनाएको थियो । संघले २०४५ सालमा नेपालमै पहिलो पटक र २०५३ सालदेखि निरन्तर औद्योगिक प्रदर्शनीे आयोजना गर्दै आइरहेकोमा बीचमा विभिन्न संस्थाले आयोजना गरेकाले अहिले १६ औं संस्करण पुगेको हो । रुपन्देहीबाट सुरु भएको प्रदर्शनी अहिले देशव्यापी बनेको छ ।

    संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीको अध्यक्षता तथा महासचिव सुमन बस्यालको संचालनमा भएको यो बैठकमा पूर्वअध्यक्ष तथा नेपाल उद्योग परिसंघ लुम्बिनी अध्यक्ष एजाज आलम, पूर्वअध्यक्षहरु तेजकुमार पाठक, बाबुराम बोहोरा, माधवप्रसाद पौडेल, निवर्तमान अध्यक्ष दिलिप सापकोटाले प्रदर्शनीको ब्राण्डलाई १६ औं पालोमा पनि निरन्तरता दिन सकेको धारणा राख्नुभएको थियो ।

    प्रदर्शनीमा स्वदेशी उत्पादनको प्रदर्शनीसँगै नयां प्रविधिको खोजी, कृषिको व्यवसायीकरण, पर्यटन प्रवद्र्धन, युवा उद्यमीलाई प्रोत्साहन, स्टार्टअप स्वरोजगार श्रृजना, विषयविज्ञसहित सरोकारवाला क्षेत्रलाई राखेर उद्योग क्षेत्रको समस्या, पर्यटनको संभावना, कृषिमा बढेको समस्यासहितका विषयमा प्यानलगत छलफल गरिएको थियो । प्रदर्शनीमा औद्योगिक प्रविधि, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छाला जुत्ता, खाद्यान्न, सूचना प्रविधिलगायतका करिव ४५०  स्टलहरु रहेको, करिव ८ लाख दर्शकले अवलोकन तथा ३० करोड रुपैयाँ बराबरको कारोवार भएको संघले जनाएको छ ।

    प्रदर्शनी सम्पन्न गर्नका लागि संघका अध्यक्षको संयोजकत्वमा १०१ सदस्यीय मुल समिति, ५१ सदस्यीय विशेष सल्लाहकार समिति, २५१ सदस्यीय सल्लाहकार समिति, निवर्तमान अध्यक्षको संयोजकत्वमा विशेष मूल्यांकन समिति, ३० वटा विभिन्न उपसमितिहरु गठन गरिएको थियो ।

    शनिबार सबै उपसमितिका संयोजकहरुले लिखित रुपमै बैठकमा अनुभव र सुझावसहितको धारणा राख्नुभएको र यसलाई संस्थागत बनाउन स्मारिका प्रकाशन गरिने अध्यक्ष पराजुलीले जानकारी दिनुभयो । बैठकले प्रदर्शनीलाई पूर्ण बनाउन साथ दिने सबैप्रति आभार व्यक्त गर्दै यस प्रकारमा सहकार्य गर्ने संस्थाहरुलाई आगामी दिनमा त्यसै गरेर साथ दिने उहाँको भनाइ छ । सिकाइलाई आत्मसात् गर्दै आगामी संस्करणलाई अझ व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउने प्रतिबद्धता  उहाँले गर्नुभएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology