Logo बिहिवार, आश्विन १ गते २०८३
images

देवसिद्ध खानेपानीको १४ औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशन

देवसिद्ध खानेपानीको १४ औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशन

  • 732
    SHARES

  • देवसिद्ध खानेपानीको १४ औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशन

    बुटवल, पुस २६ ।

    देवसिद्ध खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बुटवल–११ देवीनगरको १४ औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशन शनिबार सम्पन्न भएको छ ।

    संस्थाका अध्यक्ष भरत पाठकको अध्यक्षता तथा खानेपानी तथा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा बोल्दै नगर प्रमुख पाण्डेले बुटवलका खानेपानी तथा सरसफाई संस्थाहरु नमूना रुपमा सञ्चालन रहेको बताए ।

    उनले देवसिद्ध खानेपानी योजनाको कार्यप्रगति अग्रणी कार्यको प्रशंसा समेत व्यक्त गरे । कार्यक्रममा बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालले खानेपानी संस्थालाई आवश्यक सहयोग गर्न स्थानीय सरकार तयार रहेको बताइन । कार्यक्रममा संस्थाका अध्यक्ष पाठकले खानेपानी महशुललाई थप व्यवस्थित र सर्वसुलभ बनाउने नीति लिएको बताए ।

    devsiddha khanepani.jpg

    उनले आगामी १ वर्षभित्र प्रेसर फिल्टर जडान शुद्ध पिउने पानी वितरण गरिने बताए । कार्यक्रममा वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले खानेपानीको संरक्षण र सम्बद्र्धन गर्नु सबैको कतव्य रहेको बताए ।

    कार्यक्रममा खानेपानी महासंघका केन्द्रीय सदस्य धु्रव धिताल, शंकरनगर खानेपानीका अध्यक्ष झविन्द्र भण्डारी, कालिका खानेपानी पारसमणि भण्डारी, लगायतले बोलेका थिए । सो अवसरमा ७५ वर्ष पूरा गरेको १५ जना उपभोक्ता सदस्य, ८० वर्ष पूरा भएका उपभोक्ता परिवारका सदस्य र शताब्दी पुरुष पिताम्बर न्यौपानेलाई सम्मान गरेको छ ।

    त्यस्तै आफ्नो घर तथा परिसरमा सरसफाई गरी सौन्दर्यकरणमा योगदान पु¥याउने पूर्व सिद्धनगर टोल विकास संस्थाबाट मणिमुकुन्द मावि, पश्चिम सिद्धनगरबाट विकास जिसी, तल्लो देवीनगरबाट दुर्गाबहादुर खत्री र भावनी टोल विकास संस्थाबाट बाशुदेव पौडेल र पत्रकारिताको माध्यामबाट योगदान पु¥याउने कृष्ण मल्ललाई सम्मान गरिएको संस्थाका सचिव लोकराज शर्माले जानकारी दिए ।

    संस्थाका उपाध्यक्ष लालबहादुर थापाको स्वागत तथा सचिव लोकराज शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology