Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘ नियमनको अभावले सहकारी कमजोर भए ’

‘ नियमनको अभावले सहकारी कमजोर भए ’

  • 624
    SHARES

  • ‘ नियमनको अभावले सहकारी कमजोर भए ’

    बुटवल, पुस २६ ।

    धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बुटवल–८, रुपन्देहीको २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।

    साधारणसभाको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिका नगरप्रमुख एवं सहकारीका संस्थापक अध्यक्ष तथा संरक्षक रामकृष्ण खाँणले सहकारीहरु भाग्ने भन्ने भ्रम चिर्न जरुरी रहेको बताए । उनले स्थानीय शेयरसदस्यहरु तथा सञ्चालकहरु भएका सहकारीमा समस्या नभएको दाबी गर्दै उनले नियमनको अभावले सहकारी कमजोर हुँदै गएको तर्क गरे । 

    बचत संघ रुपन्देही अध्यक्ष भिम तुलाचनले सहकारीहरुले आफ्ना उदेश्य अनुसारका कामहरु नगरी सबै कार्य गर्न खोज्दा सहकारी बिग्रेको बताए । उनले बचत र सहकारी बलियो हुनेगरि काम गरेमा कुनैपनि सहकारीमा समस्या नआउने दाबी गरे ।

    साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष गोविन्द खनालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आर्थिक, सामाजिक तथा व्यवस्थापकीय गतिविधिबारे जानकारी गराए ।उनले सभामा शेयर सदस्यहरूको क्षमता अभिवृद्धि, उद्यमशीलता विकास, बचत तथा कर्जाका कार्यक्रम, सीपमूलक तालिम, नेतृत्व विकास, वित्तीय साक्षरता लगायतका गतिविधि निरन्तर सञ्चालन भएको उल्लेख गरे ।

    साधारण सभाले कोषाध्यक्ष शान्ति सिंह मल्लको कोषाध्यक्षको प्रतिवेदन, ऋण उपसमिति संयोजक राजेन्द्र प्रसाद न्यौपानेको  प्रतिवेदन , लेखा समिति संयोजक मनोज आचार्यको लेखा समितिको प्रतिवेदन लगायत पास भएको सचिव टाकुर घिमिरेले बताए । 

    सो अवसरमा आम्दा अस्पताल बुटवलका मेसु डा।बिनोद पराजूली, उपाध्यक्ष देव प्रसाद खनाल लगायतले बोलेका थिए । 

    सो अवसरमा असल ऋणि, उत्कृष्ठ नतिजा ल्याउने शेयर सदस्यहरुका सन्तान, जेष्ठ नागरिक सम्मान लगायत गरिएको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology