Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘हामी पार्टी विभाजन हुन दिदैनौँ’ : चन्द्र भण्डारी

‘हामी पार्टी विभाजन हुन दिदैनौँ’ : चन्द्र भण्डारी

  • 798
    SHARES

  • ‘हामी पार्टी विभाजन हुन दिदैनौँ’ :  चन्द्र भण्डारी

    काठमाडौं, पुस २६ ।

    नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी विभाजन हुन नदिने बताएका छन् । आज शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भण्डारीले आफूहरू पार्टी विभाजन रोक्न तयार रहेको बताएका हुन् ।

    ‘कांग्रेस फुट्छ कि भन्नेछ । तर, हामी पार्टी विभाजन हुन दिदैनौँ । विशेष महाधिवेशनका नाममा पार्टी फुट्छ कि भन्ने शंका छ । तर, हामी पार्टी विभाजन हुन दिदैनौँ’ उनले भने, ‘नेपाली कांग्रेसले विगत सम्झिएन भने आफ्नो भविष्य पनि सुरक्षित गर्न सक्दैन । नीतिगत वा संकल्प महाधिवेशनमा रुपान्तरण गरेर चार महिना पछाडिको महाधिवेशनमा थप बलियो भएर आउन पार्टीका साथीहरूलाई भन्ने हो ।’

    पार्टी नेतृत्वले जेनजी आन्दोलनको मनोभावना सम्बोधन गर्न नसकेको उनको गुनासो छ । उनले भने, ‘जेनजी आन्दोलनपछि विशेष महाधिवेशन भएको भए पार्टीमा थप उत्साह थपिन्थ्यो, त्यसैले विशेष महाधिवेशन बोलाउनुपर्थ्यो । भेरिफाइड नभए पनि ५४ प्रतिशत साथीहरूले सिफारिस गरेपछि सेन्ट्रल कमिटीले यसलाई ग्रहण गर्नुपर्नेथियो ।’

    उनले विशेष महाधिवेशन पक्षधरको कुरालाई नजरअन्दाज गरिएको भन्दै आपत्ति जनाए ।'७७ वटै जिल्लाका साथी हामीसित छन्, ७७ वटै जिल्लाका महाधिवेशन प्रतिनिधिहरू हाम्रा हुन्,' उनले भने।भण्डारीले अगाडि भने, 'नेताहरूलाई पनि मिलाएर लैजानुपर्छ। सभापति पनि आउनुपर्छ।'chandra-bhandari-and-sunil-sharma-1768021807.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology