Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल माबिमा आइ.सि.एफ.सी फाइनान्सको वित्तिय साक्षरता

बुटवल माबिमा आइ.सि.एफ.सी फाइनान्सको वित्तिय साक्षरता

  • 5.1K
    SHARES

  • बुटवल माबिमा आइ.सि.एफ.सी फाइनान्सको वित्तिय साक्षरता

    बुटवल,पुस २५ ।

    आइ.सि.एफ.सी फाइनान्स लिमिटेड बुटवल शाखाले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

    फाइनान्सले बुटवलकै पुरानो बिद्यालय बुटवल माबिमा कक्षा ११ र १२ मा अध्ययनरत ४० जना बिदार्थीलाइ वित्तिय साक्षरता प्रदान गरेको हो ।
    बुटवल १ मा रहेको बिद्यालयका विद्यार्थीलाइ बैंकिङ्ग ज्ञान, बचत र ऋण सम्बन्धि जानकारी, डिजिटल बैंकिङ्ग र सचेतनाको बारेमा सहजीकरण गरिएको आइ.सि.एफ.सी फाइनान्स लि.बुटवल शाखा प्रमुख बिकास ज्ञवालीले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    फाइनान्सलले बिद्यालयलाई भित्ते घडी र फोहोर मैला ब्यवस्थापनका लागि केही थान डस्टविन हस्तान्तरण गरेको छ  ।
    कार्यक्रमको अध्यक्षता विकास ज्ञवालीले गरेका थिए भने कार्यक्रमको संचालन  निरज प्रसाद पन्तले गरेका थिए । कार्यक्रमको प्रमुख आतिथ्यता विद्यालयका प्रधानाध्यापक होमबहादुर रायमाझिले गर्नुभएको थियो ।edu.jpg

    सो अवसरमा  विद्यालयका स.प्र.अ. भुवनेश्वर पौडेल र विद्यालयका शिक्षक  पुनाराम पाण्डे लगायतले बोलेका थिए ।
       

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology