Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी प्रदेश दुग्ध उत्पादनमा देशकै अग्रणी

लुम्बिनी प्रदेश दुग्ध उत्पादनमा देशकै अग्रणी

  • 414
    SHARES

  • लुम्बिनी प्रदेश दुग्ध उत्पादनमा देशकै अग्रणी

    बुटवल,पुस २५ ।

    नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशको छैठौं साधारण सभा तथा तेस्रो अधिवेशन बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले थानेश्वर न्यौपानेकै अध्यक्षतामा पुन नेतृत्व चयन गरेको छ ।

    सो सन्दर्भमा लुम्बिनी प्रदेशका डेरी उद्योगको वर्तमान अवस्था, सम्भावना, समस्या तथा भावी कार्ययोजनाबारे गहन छलफल गरिएको छ ।

    सभामा नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशका अध्यक्ष थानेश्वर न्यौपानेले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा लुम्बिनी प्रदेश दुग्ध उत्पादनका हिसाबले देशकै अग्रणी रहेको उल्लेख गरिएको छ । प्रदेशमा करिब २ सय डेरी उद्योग दर्ता भई सञ्चालनमा रहेका छन् भने करिब १ हजार साना तथा घरेलु डेरी व्यवसाय सञ्चालनमा छन् । दैनिक करिब १५ लाख लिटर दूध उत्पादन हुने गरेकोमा आधा औपचारिक र आधा अनौपचारिक रूपमा खपत हुँदै आएको बताउनुभयो ।

    5a3479ff-a75e-4b84-9bda-efd54dcad078.jpeg

    अध्यक्ष न्यौपानेले संघले किसान, उद्योगी र उपभोक्ताबीच सेतुको भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो ।कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर भैरहवाका प्रमुख रमेश आचार्यले कृषि तथा डेरी व्यवसायका लागि सहुलियतपूर्ण कर्जासम्बन्धी कार्यविधि संशोधन गरी हाल ३ प्रतिशत ब्याजदर कायम गरिएको जानकारी दिनुभयो । योग्य व्यवसायीले सुविधा नपाएको अवस्थामा राष्ट्र बैंकमा आउन आग्रह गर्दै, बिक्रीयोग्य स्टक धितोमा कर्जा उपलब्ध गराउने व्यवस्था कार्यान्वयन गरिने प्रतिबद्धता जनाउनुभयो ।

    नेपाल डेरी एसोसिएसनका पूर्व केन्द्रीय अध्यक्ष मेघराज भण्डारीले डेरी क्षेत्रबाट राष्ट्रिय जिडिपीमा ९ प्रतिशत योगदान, करिब ६ लाख रोजगारी सिर्जना तथा वार्षिक करिब १ अर्ब रुपैयाँ राजस्व योगदान भइरहेको उल्लेख गर्नुभयो । केन्द्रीय सहकारी संघका केन्द्रीय सदस्य हरि काफ्लेले दूध उत्पादन घट्दै गएको र यही अवस्था कायम रहे गर्मी सिजनमा कच्चा दूधको अभाव हुन सक्ने चेतावनी दिनुभयो ।

    नेपाल दुग्ध विकास संस्थान लुम्बिनी दुग्ध वितरण आयोजनाका प्रमुख कृष्णप्रसाद अर्याल, पत्रकार हरिष ढकाल तथा डेरी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष विष्णु पाण्डेले दूध उत्पादन लागत घटाउनुपर्नेमा जोड दिँदै यसले किसान र उपभोक्ता दुवैलाई लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।सभाको अवसरमा दुग्ध क्षेत्रमा उदाहरणीय योगदान पु¥याएका किसान, उद्योगी तथा सहयोगीहरूलाई कदरपत्रसहित सम्मान गरिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology