Logo बिहिवार, आश्विन १ गते २०८३
images

सुदन गुरूङले गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने

सुदन गुरूङले गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने

  • 636
    SHARES

  • सुदन गुरूङले गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने

    बुटवल,पुस २५ ।

    हामी नेपालका संस्थापक सुदन गुरूङले गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

    शुक्रबार उनले सामाजिक सञ्जालमार्फत चुनाव लड्ने घोषणा गरेका हुन्। 

    ‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु। आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरूवात। नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल,’ उनले भनेका छन्।

    उनले कुन पार्टीबाट चुनाव लड्ने उल्लेख गरेका छैनन्। यद्यपि पछिल्लो समय उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच एकता गर्नेमा भूमिका खेलेका थिए।

    गत निर्वाचनमा गोरखा-१ मा कांग्रेस र तत्कालीन माओवादी केन्द्रबीच गठबन्धन भएको थियो। गठबन्धनबाट कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाई प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology