Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलको ढवाहमा तारा (आर्चरी) खेल प्रतियोगिता सुरु,८ टिमको सहभागिता

बुटवलको ढवाहमा तारा (आर्चरी) खेल प्रतियोगिता सुरु,८ टिमको सहभागिता

  • 1.0K
    SHARES

  • बुटवलको ढवाहमा तारा (आर्चरी) खेल प्रतियोगिता सुरु,८ टिमको सहभागिता

    बुटवल,पुस २५ ।

    बुटवलको ढबाहमा तारा (आर्चरी) खेल प्रतियोगिता शुरु भएको छ ।

    नेपाल छन्त्याल संघ जिल्ला समिति, रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा शुक्रबारदेखि बुटवल १२ ढवाहमा उक्त प्रतियोगिता सुरु भएको हो। 

    प्रतियोगिताको एक कार्यक्रमबीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले धनुषवाण हानेर उद्घाटन गरे । सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख पाण्डेयले सबै खेलको संरक्षण गर्न आवश्यक रहेको बताए ।IMG_3060.jpeg

    बुटवल उपमहानगरपालिकाले सबै खेलको संरक्षणका लागि आवश्यक सहयोग र अभिभावकीय भूमिका निर्वाह गर्न तयार रहेको बताए । 
    पौष २९ गतेसम्म चल्ने प्रतियोगितामा ८ टिमको सहभागिता रहने नेपाल छन्त्याल संघ रुपन्देहीका अध्यक्ष भरत छन्त्यालले बताए । प्रतियोगिता अन्तर्गत २ दिन छन्त्याल संघका ५ टिम बीच प्रतियोगिता हुने र अन्य दिन विभिन्न क्लबका बीच खुला प्रतिस्पर्धा हुने उनले बताए । 
    प्रतियोगितामा नेपाल छन्त्याल संघ, थकाली सेवा समिति, बुटवल, देवदह आचरी क्लब, खैरेनीबाट २-२ टिमले सहभागिता रहने छ भने अरनीको बस्ती नवलपरासी र सैनामैना आचरी क्लब मुर्गियाबाट पनि सहभागिता रहने अध्यक्ष छन्त्यालले बताए । 
    प्रतियोगितामा प्रथम हुनेले २० हजार, द्धितीय हुनले १५ हजार र तृतीय हुनेले १० हजार पुरस्कार प्राप्त गर्ने अध्यक्ष छन्त्यालले बताए । यस्तै प्रतियोगितामा उत्कृष्ट प्लेरलाई नगद २ हजार तथा उत्कृष्ट खोलेलाई नगद १५०० पुरस्कारको व्यवस्था समेत गरिएको बताए । IMG_3066.jpeg
    वि.स. २०२६ सालदेखि नै छन्त्याल समुदायको महान पर्व म्हिेलाङे सोङती माघे संक्रान्तिको अवसरमा तारा खेल प्रतियोगिता गर्दै आइरहेको र यस पटक आयोजना गरिएको प्रतियोगिता पनि त्यसैको निरन्तरता रहेको नेपाल छन्त्याल संघका केन्द्रिय उपाध्यक्ष योगेन्द्र छन्त्यालले जानकारी दिए । साथै आगमी दिनमा प्रतियोगितालाई अझ व्यवस्थित र स्तरी गराउँदै लगिने केन्द्रिय उपाध्यक्ष छन्त्यालले बताए । 
    संघका जिल्ला अध्यक्ष भरतबहादुर छन्त्यालको सभापतित्व, सचिव नन् छन्त्यालको सञ्चालनमा भएको उद्घाटन कार्यक्रममा बुटवल उपमहानगरपालिकाका पूर्व नगरप्रमुख शिवराज सुवेदी, बुटवल–१२ का वडाध्यक्ष डिल्लीप्रसाद शर्मा, नेपाल छन्त्याल संघका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष ताराप्रसाद छन्त्याल, वडा सदस्य गंगा विक, विभिन्न संघ तथा संस्थाका प्रतिनिधि र छन्त्याल संघ रुपन्देहीका प्रदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

    प्रतियोगिता सम्पन्न गर्नका लागि करिब ४ लाख खर्च लाग्ने आयोजजकले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, पौष २५ २०८२०४:२८:१४

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology