Logo बुधवार, श्रावण १३ गते २०८३
images

नेपाली कांग्रेसमा विभाजनको औपचारिक बीजारोपण,२७ र २८ पुसमा दुबैपक्षको कार्यक्रम !

नेपाली कांग्रेसमा विभाजनको औपचारिक बीजारोपण,२७ र २८ पुसमा दुबैपक्षको कार्यक्रम !

  • 1.2K
    SHARES

  • नेपाली कांग्रेसमा विभाजनको औपचारिक बीजारोपण,२७ र २८ पुसमा दुबैपक्षको कार्यक्रम !

    बुटवल,पुस २४ ।

    नेपाली कांग्रेसमा विभाजनको औपचारिक बीजारोपण भएको छ । दुई महामन्त्री नेतृत्वको समूहले पार्टीको विशेष महाधिवेशनको उद्घाटनको लागि तोकेको मितिमै संस्थापन पक्षले अर्को औपचारिक कार्यक्रम घोषणा गरेपछि कांग्रेसभित्रको फुट छताछुल्ल भएको हो ।

    संस्थापन पक्षले विशेष महाधिवेशनलाई काउन्टर दिँदै सोही मितिमा युवा भेला गर्ने घोषणा गरेको छ ।

    विशेष महाधिवेशन पक्षधरले पुस २७ गते आइतबार महाधिवेशनको उद्घाटनको कार्यक्रम राखेका छन् । सोही दिन संस्थापनले पार्टी मुख्यालय सानेपामा युवा भेला गर्ने भएको छ ।

    संस्थापन पक्षले सभापति शेरबहादुर देउवासँग बिहीबार छलफल गरेर युवा भेलाको आयोजना गर्ने घोषणा गरेको बताइएको छ । संस्थापनले २८ गते पनि अर्को कार्यक्रम जुधाउने तयारी गरेको छ । २८ गते जिल्ला सभापतिहरूको भेला आयोजना गर्ने तयारी गरेको छ ।

    संस्थापन पक्षले काउन्टर कार्यक्रम आयोजना गर्नको लागि सभापति शेरबहादुर देउवासँग गरेको छलफलमा नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, बालकृष्ण खाण, एनपी साउद, जीतजंग बस्नेत, गुरु बराललगायत सहभागी भएको बताइएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology