Logo बुधवार, श्रावण १३ गते २०८३
images

ओलीले पार्टी एकतालाई सत्ता प्राप्तिको लागि भर्‍याङ मात्रै बनाए :प्रचण्ड

ओलीले पार्टी एकतालाई सत्ता प्राप्तिको लागि भर्‍याङ मात्रै बनाए :प्रचण्ड

  • 2.9K
    SHARES

  • ओलीले पार्टी एकतालाई सत्ता प्राप्तिको लागि भर्‍याङ मात्रै बनाए :प्रचण्ड

    बुटवल,माघ २३ -

    नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीको कारणले देश अँध्यारो सुरुङतर्फ गएको बताएका छन्।

    ललितपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकतालाई ओलीले सत्ता प्राप्तिको लागि भर्‍याङ मात्रै बनाएको आरोप लगाए। 

    कम्युनिस्ट एकता बलियो बनाउनका लागि पार्टी एकता गरेको बताए।  ‘कम्युनिस्ट पार्टीको एकतापछि देश निर्माणपछि बनाउने लक्ष्य थियो। तर, केपीको निम्ती जालझेल मात्रै रहेछ’ उनले भने, ‘सहि विचार र नेतृत्व भयो भने सामन्तवाद पराजित गर्न सकिने रहेछ। नेतृत्वको विचार गलत भयो भने सबै बिग्रियो।’

    ओलीको कारणले सात दशक लडेर ल्याएको प्राप्ति संकटमा पुगेको बताए। ‘ओलीको कारणले देश अँध्यारो सुरुङमा गयो। बाम गठबन्धन गर्दा हामीले अहिलेको दिन आउन सोचको थिएनौँ’ उनले भने, ‘संविधान र लोकतन्त्रको रक्षाका लागि जनतासँग जोडिएर आन्दोलनमा जानुको विकल्प छैन।’

    उनले ओलीको कारणले पार्टी विभाजन भएको बताए। ‘पाटी विभाजन भइसक्यो, ओलीलाई हटाइसकेको छौँ। निर्वाचन आयोगमा ७० प्रतिशत बहुमत छ’ उनले भने, ‘ओलीले पार्टी फुटाए। दक्षिणपन्थी शक्तिले को कारणले ओलीले संविधान कमजोर बनाउन खोजे। त्यसका लागि जनताको बलले नै त्यसलाई परास्त गर्नुपर्छ।’
     
    अहिलेको लडाईँ विधि र पद्धतिको लागि भएको जिकिर गरे। ‘व्यक्तिवाद गुटवादको बिषयमा संघर्ष गरिरहेका छौँ। पार्टी एकताको प्रस्ताव हामीले राखेको हुनाले एकताको पक्षका लागि उदार भइरहेका थियौँ। तर, ओलीले पार्टी फुटाइ छाडे’ उनले भने, ‘विचार र भावनाको आधारमा माधव नेपालसँग अहिले एक भएको छौँ।’

    माधवजीसँगको ४ दशक लामो हाम्रो सम्बन्ध हो।

    याे पनि :-

    ‘पार्टीको आधिकारिकता विवाद आजैबाट समाप्त भयाे : प्रधानमन्त्री केपी ओली

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology