Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिलोत्तमामा मेदिनी आधारभूत बिद्यालयको भवन शिलान्यास,शिक्षा नै सबैभन्दा बलियो हतियार : मन्त्री तिमिल्सिना

तिलोत्तमामा मेदिनी आधारभूत बिद्यालयको भवन शिलान्यास,शिक्षा नै सबैभन्दा बलियो हतियार : मन्त्री तिमिल्सिना

  • 1.1K
    SHARES

  • तिलोत्तमामा मेदिनी आधारभूत बिद्यालयको भवन शिलान्यास,शिक्षा नै सबैभन्दा बलियो हतियार : मन्त्री तिमिल्सिना

    बुटवल,पुस २१।


    लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले शिक्षा नै सबैभन्दा बलियो र धारिलो हतियार भएको बताउनुभएको छ । उहाँले शिक्षामा परिवर्तनले समाजको रुपान्तरण हुने बताउदै उहाँले समयसापेक्ष शिक्षा आजको आवश्यकता रहेको औँल्याउनुभयो ।

    रुपन्देहीको तिलोत्तमा वडा न ६ मा रहेको मेदिनी आधारभूत बिद्यालयको भवन शिलान्यास गर्दै मन्त्री तिमिल्सिनाले शिक्षा र सामाजिक क्षेत्रमा गरिएको लगानी कहिल्यै खेर नजाने बताउनुभयो ।

    बिद्यार्थी अभाव र पलायन अहिलेको चुनौती भएको स्मरण गर्दै उहाँले बिद्यालयहरु धेरै भएपनि बिद्यार्थी घट्दै जानु चुनौतीपूर्ण रहेको बताउनुभयो ।शिक्षा क्षेत्रमा गरिएको लगानीले भविष्यमा सकारात्मक प्रतिफल दिने बताउनुभयो ।

    ‘शिक्षाले भविष्य निर्धारण गर्ने भएकाले प्रदेश सरकार शिक्षा र सामाजिक क्षेत्रको रूपान्तरणमा तल्लिन छ,सरकारले शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम चलिरहेका छा् । ’ उहाँले भन्नुभयो ।
    साक्षर प्रदेश घोषणा गरिएको सन्दर्भ उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले सिकाइलाई निरन्तर जारी राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाले सामुदायिक र संस्थागत विद्यालयलाई समान रूपमा सुदृढ बनाउँदै लैजाने नीति सरकारले अवलम्बन गरेको जानकारी दिनुभयो ।

    दक्ष र सिपयुक्त जनशक्ति उत्पादन गर्नु सबैको साझा जिम्मेवारी भएको बताउँदै यसका लागि हातेमालो गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले केहि सामुदायिक बिद्यालय उत्कृष्ट भएपनि धेरै जसोमा बिद्यार्थी संख्या कम रहेको बताउनुभयो । उहाँले बिद्यार्थी संख्या बढाउनु चुनौतीपूर्ण भएको उहाँको कथन छ ।भविश्यमा बिद्यालयमा मात्रै हुने र बिद्यार्थी नभए बनेका संरचना पनि आमा समूहलाइ दिनुपर्ने जोखिम तर्फ संकेत गर्नुभयो ।janmajaya timilsena mantri ,school silanyas (3).jpeg

    वडा न ६ का वडाध्यक्ष गणेश पाठकले प्रदेश सरकारको बजेट १ करोड बिनीयोजन भएपनि जेन्जी आन्दोलनले २० प्रतिशत बजेट कटौती हुंदा ८० लाख मात्र बजेट उपलब्ध भएको बताउनुभयो ।त्यस्तै बिद्यालयका अध्यक्ष जगत पौडेलले बिद्यालयहरु चलाउन निकै समस्या थपिदैगएको भन्दै सरकारबाट यथेष्ट बजेट नआउदा दुख पाएको बताउनुभयो ।

    बिद्यालयको भवन निर्माणका लागि ८० लाख बजेट आएको र समयमै निर्माण हुने सामाजिक डिभिजन कार्यालय रुपन्देहीका प्रमुृख हरि बिष्टले बताउनुभयो ।बिस २०८३ जेठ ३० मा निर्माण सम्पन्न गर्नेगरि ५० लाख ५५ हजार ९४८ रुपिँया मुल्य अभिबृद्धि करसहित देउराली कन्स्टक्सनले डिपिआरसहित बिद्यालय भवन निर्माणको जिम्मा पाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology