Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नयाँ बुटवल–लमही ४०० केभी विद्युत् प्रसारण लाइनको आइइई तयार गर्दै प्राधिकरण

नयाँ बुटवल–लमही ४०० केभी विद्युत् प्रसारण लाइनको आइइई तयार गर्दै प्राधिकरण

  • 576
    SHARES

  • नयाँ बुटवल–लमही ४०० केभी विद्युत् प्रसारण लाइनको आइइई तयार गर्दै प्राधिकरण

    बुटवल,पुस १९  ।

    नेपाल विद्युत् प्राधिकरणले बुटवल–लमही ४०० केभी विद्युत् प्रसारण लाइन आयोजनाको प्रारम्भिक वातावरणीय अध्ययन परीक्षण (आइइई) प्रतिवेदन तयार पार्न लागेको छ । यसका लागि प्राधिकरणकै सहायक कम्पनी एनइए इन्जिनियरिङ कम्पनी लिमिटेडले आयोजनाको परामर्शदाताको रूपमा काम गरिरहेको छ । 

    प्राधिकरणका अनुसार प्रस्तावित आयोजना अन्तर्गत लम्बुनी प्रदेशका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, पाल्पा, कपिलवस्तु, अर्घाखाँची र दाङ जिल्लाका विभिन्न पालिका तथा त्यसअन्तर्गतका वडाहरू हुँदै निर्माण हुने उक्त प्रसारण लाइनको लम्बाई १६१ किलोमिटर रहने छ । 

    प्रसारण लाइन रहने केन्द्रबाट दायाँ–बायाँ २३/२३ किलोमिटर गरी कुल ४६ मिटर क्षेत्राधिकार रहने प्रस्ताव गरिएको छ । आयोजना अन्तर्गत कुल ४०५ वटा टावरहरू निर्माण गरिने भने दाङको लमही नगरपालिका–९ रिहारमा ४००/२२०/१३२/३३/११ केभी क्षमताको सबस्टेसन निर्माण गरिने छ ।

    आइइई प्रतिवेदन तयार पार्नका लागि प्राधिकरणले आयोजना निर्माण गर्दा प्रभावित क्षेत्रको प्राकृतिक, भौतिक, जैविक, सामाजिक, सांस्कृतिक तथा आर्थिक प्रणालीमा पर्न सक्ने प्रभावबारे यकिन गर्न सरोकारवाला निकाय तथा व्यक्तिसँग ७ दिनभित्र लिखित राय–सुझाव दिन आह्वान गर्दै बिहीबार सूचना जारी गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology