Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सर्वोच्चले लामो समय मुद्दा अल्झाएर राख्न हुन्न, संसद पुनःस्थापना जरूरी : प्रदीप ज्ञवाली

सर्वोच्चले लामो समय मुद्दा अल्झाएर राख्न हुन्न, संसद पुनःस्थापना जरूरी : प्रदीप ज्ञवाली

  • 438
    SHARES

  • सर्वोच्चले लामो समय मुद्दा अल्झाएर राख्न हुन्न, संसद पुनःस्थापना जरूरी : प्रदीप ज्ञवाली

    गुल्मी, पुस २० ।

    नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले संसद पुनःस्थापनानै अहिलेको समस्या समाधान गर्ने छिटो र उत्तम विकल्प भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल, गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले जेनजीका जायज माग सम्बोधन गर्न संसद आवश्यक पर्ने भएकाले सर्वोच्चले लामो समय मुद्दा अल्झाएर राख्न नहुने बताउनुभयो ।

    त्यस्तै, ज्ञवालीले आफुहरु निर्वाचनबाट कहिल्यै भाग्न नखोजेकाले दल र मतदातालाई निर्वाचनमा भयरहित सहभागी बनाउने वातावरण सरकारले निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पाँच सय कैदी र सात सयभन्दा बढी आधुनिक हतियार बाहिर रहेकाले निर्वाचनका उम्मेद्वार केन्द्रित घटना हुने तर्फ सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो ।

    भर्खरै सम्पन्न पार्टीको महाधिवेशनलाई ज्ञवालीले पाँच उपलब्धिका रुपमा व्याख्या गर्नुभयो । उहाँले गत भदौ २३ र २४ पछि सबैभन्दा बढी प्रहारमा एमाले माथि भएको अवस्थामा तीन महिनामै महाधिवेशन गर्नुनै प्रतिकूलताको सामना गर्ने हिम्मत एमालेसँग भएको पुष्टी गरिएको बताउनुभयो ।

    एमाले महाधिवेशनको व्यापक जनसहभागिता, नेतृत्व असान्दर्भिक भन्ने हल्ला र बहसकाबित लोकतान्त्रिक विधिबाट नेतृत्व निर्माण, पुस्तान्तरण र हस्तान्तरण कागजमा मात्र नभएर केन्द्रीय कमिटीमा २५ भन्दा बढी युवा समावेश गर्ने तथा विभिन्न धारबाट आएका सबैलाई हार्दिकतापूर्वक स्वीकार गर्नुनै महाधिवेशनको सवैभन्दा ठुलो उपलब्धी भएको ज्ञवालीले बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology