Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलमा दोस्रो इन्टर रोटर्‍याक्ट फुटसल टुर्नामेन्ट भोलि हुंदै,तयारी पूरा

बुटवलमा दोस्रो इन्टर रोटर्‍याक्ट फुटसल टुर्नामेन्ट भोलि हुंदै,तयारी पूरा

  • 873
    SHARES

  • बुटवलमा दोस्रो इन्टर रोटर्‍याक्ट फुटसल टुर्नामेन्ट भोलि हुंदै,तयारी पूरा

    बुटवल,पुस १८ ।

    रोटर्‍याक्ट क्लव अफ मणिग्रामको आयोजनमा बुटवलमा शनिबार हुने दोस्रो इन्टर रोटर्‍याक्ट फुटसल टुर्नामेन्ट २०२६ को सम्पूर्ण तयारी पूरा भएको छ। 
    क्लवले पत्रकार सम्मेलन गर्दै तयारी पूरा भएको जानकारी गराएको हो।   बुटवल-१०को  स्वर्णिम फुटसल ग्राउण्डमा पुरुष र महिला गरि छुट्टाछुट्टै प्रतियोगिता आयोजना गरिएको क्लवका अध्यक्ष बिनोद बश्यालले पत्रकार सम्मेलन मार्फत जानकारी गराए।  
     रुपन्देहीका रोटर्‍याक्ट क्लवहरुबिच सद्भाव बढाउनको लागि प्रतियोगिता आयोजना गरिएको बताउदै उनले पुरुषका १६ र महिलाका ७ टिमबिच नकआउट आधारमा खेलहरु हुने जानकारी गराए। 
    देशभरी छरिएर रहेका रोटर्‍याक्ट परिवारलाई एक ठाँउमा खेलको माध्यम प्रयोग गरिएको आईपी डिआरआर बिक्रम क्षेत्रीले बताए। 
     पुरुष तर्फ प्रथम पुरस्कार रु ३३,३३३ र दोश्रो हुनेलाई १५, ५५५ रुपैया सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने जनाईएको छ। महिलातर्फ भने प्रथम हुनेलाइ शिल्ड, मेडल र प्रमाणपत्र र प्रदान गरिने छ। 
    सो अवसरमा चार्टर्ड प्रेसिडेन्ट कृष्ण प्रसाद बस्याल, डिडिआर ईलेक्ट प्रकाश शर्मा गैरे पास्ट प्रेसिडेन्ट आयुस पौडेल लगायतले बोलेका थिए।
     सो अवसरमा टाईसिट सार्वजनिक तथा आयोजक क्लवको जर्सी सार्वजनिक गरिएको थियो। 
    प्रतियोगिताको पहिलो सिजन सेन्टर रुपन्देहीले जितेको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, पौष १८ २०८२०७:१०:२९

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology