Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘पार्टीको आधिकारिकता विवाद आजैबाट समाप्त भयाे : प्रधानमन्त्री केपी ओली

‘पार्टीको आधिकारिकता विवाद आजैबाट समाप्त भयाे : प्रधानमन्त्री केपी ओली

  • 2.6K
    SHARES

  • ‘पार्टीको आधिकारिकता विवाद आजैबाट समाप्त भयाे : प्रधानमन्त्री केपी ओली

    बुटवल,माघ २३ - 

    प्रधानमन्त्री एवं नेकपा (ओली समूह) का अध्यक्ष केपी ओलीले पार्टीको आधिकारिकताको विवाद आजैदेखि समाप्त भएको दाबी गरेका छन्।

    शुक्रबार काठमाडौंमा आयोजित जनसभालाई सम्वोधन गर्दै ओलीले भने, ‘आज हामीलाई काठमाडौंमा सभा गर्ने ठाउँ भएन, जुन ठाउँ गएपनि अरुलाई त्यो ठाँउ ठूलो हुन्छ, हामीलाई सबै ठाउँ सानो भयो। हामीले सबैभन्दा ठूलो ठाउँ छान्यौं, तै पनि मानिसहरु अटेका छैनन्। फेरि पनि मानिसहरु सोधिरहेका छन् मुल पार्टी कुन हो ? अझै पनि कोही अलमलमा छन् भने कठैबरा भन्न सकिन्छ।’

    प्रधानमन्त्री ओलीले आफूले नेतृत्व गरेको पार्टी नै मुल पार्टी भएको दाबी पनि गरे। ‘यो कम्युनिष्टको मात्रै होइन, देशकै मुल पार्टी हो। देश बनाउने पार्टी, देशको रक्षा गर्ने, सार्वभौमसत्ता, स्वाधिनताको रक्षा गर्ने पार्टी यही हो,’ ओलीले भने। आजबाट कुन पार्टी मुल पार्टी भन्ने विषय, कुन पार्टी सक्कली र कुन नक्कली भन्ने कुराको फैसला भएको उनको दाबी थियो।nekapa.jpg

    प्रधानमन्त्री ओलीले आजको कार्यक्रममा सहभागी हुन नदिनका लागि बिहीबार नेपाल बन्द गरिएको दाबी गर्दै भने, ‘श्रमजिवी र गरीवका लागि काम गर्ने पार्टी भन्ने तर बुढी आमाले डोकामा ल्याएको तरकारी फाँकिदिने, त्यही हो उहाँहरुको क्रान्तिकारीता।
    ट्याक्सीमा आगो लगाएर भित्रै चालक जलाउन खोज्ने ?,’ उनले भने

    उनले प्रचण्डतर्फ लक्षित गर्दै अब शाहाकारी आन्दोलनले हुुँदैन भनेर नरभक्षी आन्दोलन भन्न खोजेको हो भने नेपालमा अब कसैले हिंसा मच्चाउन नसक्ने बताए।

    ओलीले भने-‘ नयाँ सरकारको फैसला निर्वाचनले गर्छ ’

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology