बुटवल,पुस १८ ।
किया नेपालले बुटवलको कालिकानगरमा आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । कन्टिनेन्टल ट्रेडिङ इन्टरपाइजेज प्रालिले नविनतम सवारी साधनको प्रदर्शनी, व्यबसायिक विक्री परामर्श तथा यस क्षेत्रका ग्राहकलाई सहज सेवा उपलब्ध गराउने गरी अंग्रेजी नयाँ वर्ष सन् २०२६ को अवसर पारेर बिहीबार शोरुम सचालनमा ल्याएको हो ।
सो अवसरमा बोल्दै बुटवल उद्योग वाणिज्य संघका महासचिव मुक्ति अधिकारीले मध्ययम वर्ग चढ्न सक्ने गाडीहरु पनि बजारमा भित्राउन किया नेपाललाई आग्रह गरे । अधिकारीले बुटवल सबै क्षेत्रका हबको रुपमा विकास भएको भन्दै अटो क्षेत्रको लागि नारायणी पश्चिम बुटवल केन्द्र बनेको बताए ।
कन्टिनेन्टल ट्रेडिङ इन्टरपाइजेज प्रालिका डाइरेक्टर रेखा घिमिरेले आफूहरु कियासँगको सहकार्य ३० वर्षदेखि रहेको बताउँदै ग्राहकलाई सबै प्रकारका सेवा गुणस्तरीय र सुलभ दरमा दिने बताइन् । कार्यक्रममा कम्पनीका एक्जुकेटिभ डाइरेक्टर टंकप्रसाद भट्टले किया विश्वभर परिचित अटोमोबाइल ब्राण्ड रहेको बताए । कियाले देशभर आफ्नो शाखा विस्तार गर्दै २०२६ भित्र इभि, पेट्रोल लगायक ३ नयाँ मोडलका गाडी भित्राउने बताए ।
कार्यक्रममा एक्जुकेटिभ म्यानेजर अनिश लामिछानेले कियाका सवारी साधानप्रति बढ्दो माग पूरा गर्न बुटवल शोरुमले महत्वपूर्ण भूमिका खेल्ने बताए । जसले नवप्रवर्तन, गुणस्तर र ग्राहक सन्तुष्टीप्रति किया ब्राण्डको दृष्टीकोणलाई समर्थन गर्ने उल्लेख गरे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)