Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलमा तेस्रो लाफा ब्याडमिन्टन प्रतियाेगिता भोलिदेखि

बुटवलमा तेस्रो लाफा ब्याडमिन्टन प्रतियाेगिता भोलिदेखि

  • 2.4K
    SHARES

  • बुटवलमा तेस्रो लाफा ब्याडमिन्टन प्रतियाेगिता भोलिदेखि

     

    लाफा समूह बुटवलको आयोजनामा भाेलीदेखि बुटवलमा तेस्रो लाफा ब्याडमिन्टन प्रतियाेगिता हुदैछ ।  तेस्रो लाफा राष्ट्रिय खुल्ला तथा भेट्रान्स पुरुष डबल व्याडमिन्टन प्रतियोगिता-२०७७ को तयारी पूरा भएको छ ।

    खेलकुद र सामाजिक गतिविधिमा क्रियाशिल समुहले खेलाडीहरुलाई प्रोत्साहन गर्ने लक्ष्यसहित आयोजित प्रतियोगिता भोलि शुक्रबारदेखि दुई दिनसम्म सञ्चालन हुने छ ।

    प्रतियोगितामा लुम्बिनी प्रदेश सहित काठमांडौ, चितवन, कास्की, दाङ्ग, बाकें, कैलाली, बाग्लुङ्ग, गुल्मी, पाल्पा, लगायतका जिल्लाबाट खेलाडीहरु सहभागी भएको कार्यक्रम संयोजक पुरन गाहाले नागरिक अनलाइनलाइ जानकारी दिए । प्रतियोगितामा  ८० टिमको सहभागीता रहेको छ।

    खुलातर्फ ५८ तथा भेट्रान्स तर्फ २८ बढी टिमको सहभागीता रहने बताइएको छ । प्रतियोगितामा खुल्ला तर्फका विजेताले ५५ हजार ५ सय ५५ नगद पुरस्कार प्राप्त गर्ने छ । त्यस्तै, उपविजेताले ४१ हजार ५ सय ५५ तथा तेस्रो हुनेले ३१ हजार ५सय ५५ नगद पुरस्कार प्राप्त गर्ने छन् ।

    यसैगरी अनुशासित खेलाडी तथा उदयमान खेलाडीले र्याकेट, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने समुहका संयोजक ज्ञानु सारुले जानकारी दिए । भेट्रान्सतर्फ भने प्रथम पुरस्कार २५ हजार ५ सय ५५, दोस्रो पुरस्कार १५ हजार ५ सय ५५ र तृतीय पुरस्कार १० हजार ५ सय ५५ रहेको छ । प्रतियोगितामा सहभागिताका लागि खुला तर्फ ३ हजार प्रवेश शुल्क लाग्ने र भेट्रान्सतर्फ २ हजार प्रवेश शुल्क राखिएको समुहका अध्यक्ष तारा सिंह रेस्मीले बताए ।

    बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिबराज सुबेदीले प्रतियोगिताको उद्घाटन गर्ने छन् ।गतवर्ष खूला ७८ र भेट्रान्सतर्फ ३५ समुहको सहभागी रहेका थिए । यस्तै यसवर्ष पुरस्कार राखी पनि वृद्धि गरिएको छ ।

    विस २०७६ सालमा स्थापना भएको लाफा समूह यस क्षेत्रको सामाजिक संस्थाहरु मध्ये एक फरक पहिचान बनाएको छ । प्रतियोगिता आयोजनामा १६ लाख खर्च हुने अनुमान रहेको लामिछानेले बताए ।

    समूहले ब्याडमिन्टन कवर्ड हल भाडामा लिएर ट्रेनिङ्ग सेन्टर संचालन गर्ने योजना बनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology