बुटवल,पुस १५ ।
नेकपा एमालेका नेता वासुदेव घिमिरेले एमाले परित्याग गरेका छन्।
रूपन्देहीको तिलोत्तमा नगरपालिकाका पूर्व नगर प्रमुख तथा विघटित प्रतिनिधिसभा सदस्य रहेका घिमिरे एमाले परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी गरेका हुन्।
घिमिरे पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग निकट थिए।
२०७९ सालमा रूपन्देही क्षेत्र नम्बर ५ मा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित घिमिरे त्यसयता पनिबालेनसँग निरन्तर सम्पर्कमा थिए।
बालेन रास्वपा प्रवेश गरेपछि घिमिरे पनि एमाले परित्याग गरी रास्वपा प्रवेश गर्न लागेका हुन्। घिमिरेले आफूलाईरास्वपाले रूपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने गरी पार्टीमा आउन प्रस्ताव गरेको नागरिक अनलाइनलाइ बताए।
स्टाटस पढौं :
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)