Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एनपीएल-२ बिजेता लुम्बिनी लायन्सले बुटवलमा च्याम्पियन्स नाइट गर्दै

एनपीएल-२ बिजेता लुम्बिनी लायन्सले बुटवलमा च्याम्पियन्स नाइट गर्दै

  • 921
    SHARES

  • एनपीएल-२ बिजेता लुम्बिनी लायन्सले बुटवलमा च्याम्पियन्स नाइट गर्दै

    बुटवल,पुस १५ ।

    लुम्बिनी लायन्सले बुधबार बुटवलमा च्याम्पियन्स ट्रफी सेलेब्रेसन कन्सर्ट गर्ने भएको

    नेपाल प्रिमियर लिग(एनपीएल) दोस्रो संस्करणको उपाधि विजेता टोली लुम्बिनी लायन्सले बुटवल मण्डपमा पुस १६ गते बुधबारच्याम्पियन्स ट्रफी सेलेब्रेसन कन्सर्ट गर्ने भएको हो  लुम्बिनी प्रदेशमा च्याम्पियनसिप ट्रफी सेलेब्रेसन टुरमा रहेकोलुम्बिनी लायन्सले सेलेब्रेसन टुरको अन्तिम दिन आम खेलप्रेमी तथा संगितप्रमीहरुबीच खुशी साट्न भव्य कन्सर्टगर्ने जनाएको हो

    मंगलबार बुटवलमा लुम्बिनी लायन्सले पत्रकार सम्मेलन गरि खुशी साट्न नयाँ सन् २०२६वर्षलाई स्वागत गर्न कन्सर्टको आयोजना गरिएको बताएको हो  

    सेलिब्रेसन कन्सर्ट अन्तर्गत पुस १६ गते बुटवल मण्डपमा रहेको बुटवल ईन्टरनेसनल कन्भेन्सन सेन्टर(बीआईससीसी) को प्रांगणमा बुधबार साँझ देखि १२ बजेसम्म बृहत कन्र्सट कार्यक्रम आयोजना गर्ने भएको हो

    कन्सर्टमा नेपालका चर्चित गायक दुर्गेश थापा, दी ईलेमेन्ट्स ब्याण्ड, बद्रि पंगेनी, भिओमा, कविता न्यौपाने, विष्णु खत्री, एन्जिला रेग्मी, बबिता धिताल, तेरिया पुन मगरलगायतले आआफ्नो प्रस्तुती देखाउने कार्यक्रमसंयोजक शीत्तल शर्माले जानकारी दिनुभयो

    क्रिकेटसँग जोडिएका खेलप्रेमीहरु तथा लायन्सका  समर्थकहरूकोसम्मान खुशीयाली साट्नकालागि बुटवलका कार्यक्रम गर्न लागिएको शर्माले बताउनुभयो  

    पत्रकार सम्मेलनमालुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले च्याम्पियन्स ट्रफी सेलिब्रेसन टुर अन्तर्गत लुम्बिनी प्रदेशका प्रत्येकजिल्ला गरेको बताउनुभयो उहाँले त्यस क्रममा भ्रमण तथा आशीर्वाद ग्रहण गर्दै नेपाली क्रिकेटको पहिचानलाईराष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने प्रयास सफल भएको सोही खुशीयालीमा कन्सर्टको आयोजनागरिएको अध्यक्ष जिसीले बताउनुभयो कन्सर्ट हेर्नका लागि प्रवेश शुल्क ५०० १००० राखिएको बताउँदै टिकटखरिदकालागि इसेवा समेत प्रयोगमा रहेको बताउनुभयो  

    कन्सर्ट हेर्ने दर्शक तथा खेलप्रेमीहरुकालागिबुटवलबाट सुनवल, भैरहवा सालझण्डीबाट आउन   राती जानकालागि निःशुल्क बसको ब्यवस्था समेतगरिएको आयोजकले बताएका छन् लुम्बिनी लायन्सले एनपीएलको दोस्रो संस्करणको फाईनलमा सुदूरपश्चिमरोएल्सलाई विकेटले हराउँदै उपाधि जितेको थियो

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, पौष १५ २०८२०८:२३:२६

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology