Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा सडक खाना महोत्सव

बुटवलमा सडक खाना महोत्सव

  • 633
    SHARES

  • बुटवलमा सडक खाना महोत्सव

    बुटवल, पुस १५।

    बुटवलमा तीन दिने सडक खाना महोत्सवको तयारी तीब्र पारिएको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा हुने महोत्सव पुस १५ देखि १७ गतेसम्म चल्नेछ । संघले ०७५ सालदेखि बुटवलमा सडक खाना महोत्सव गर्दै आएको छ ।

    होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष माधव खनालले नेपाली मौलिक कला संस्कृति, स्वाद र पहिचानको सम्मान, आन्तरिक पर्यटन प्रवर्द्धन, विकास र रोजगारी सृजना हाम्रो अभियान, सडकमै खाऔँ, सडकमै रमाऔँ भन्ने नाराका साथ कालिकापथमा महोत्सवको आयोजना गर्न लागिएको बताउनुभयो ।उहाले खाना महोत्सवले यस क्षेत्रको पर्यटन प्रवर्द्धन र विकास मात्र नभई नेपाली कला संस्कृति एवं खानपानका परिकारहरूको प्रचार प्रसार र बजारीकरण हुने बताउनुभयो।

    यस वर्ष महोत्सव स्थलमा फरकपन र नयाँ शैलीबाट स्टलहरु निर्माण गरिएको र यसले सवारी आगमनमा कुनै पनि असर नपर्ने उहाको भनाइ छ । सडक खाना महोत्सवमा विभिन्न प्रकृतिका ५५ वटा स्टलहरू रहने अध्यक्ष खनालको भनाई छ । उहाले विभिन्न जातजाति अन्तर्गत थारु जातिका २ वटा, नेवारी जातिका ७ वटा, मगर जातिका ४ वटा, क्लबका ४ वटा स्टलहरू रहने बताउनुभयो। महोत्सव व्यवस्थापनका लागि करिब ३० लाख खर्च हुने अनुमान गरिएको छ ।मेलाको सुरक्षाका लागि सिसिटिभी एवं सेक्युरिटी कम्पनीबाट सुरक्षा व्यवस्थापन मिलाइएको आयोजकले जनाएको छ । तीन दिने कार्यक्रम अन्तर्गत १५ र १७ गते साँझ ६ बजे देखि राती ११ बजेसम्म कार्यक्रम हुनेछ भने १६ गते साँझ ६ बजेदेखि १२ बजेसम्म कार्यक्रम हुनेछ ।
    महोत्सव अवधिभर २ लाख दर्शकले अवलोकन गर्नुका साथै डेढ करोडको कारोबार हुने अपेक्षा आयोजकको छ । महासचिव केशव कडेलका अनुसार महोत्सवलाई सभ्य र भव्य बनाउने ३५ वटा विषयगत उपसमिति बनाइएको छ ।महोत्सव उद्घाटनको पूर्वसन्ध्यामा मंगलबार दिउँसो साढे ३ बजे नयाँ बसपार्कबाट विभिन्न जातजातिको सांस्कृतिक पहिचान झल्कने झाँकीसहितको र्‍याली निकालिने आयोजकले जनाएको छ । महोत्सवको बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्ने तय भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology