Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रधानमन्त्री कार्कीले प्रसाईंलाई भनिन्,-‘जनतामा गएर आफ्नो मुद्दा अनुमोदन गराउनुस्

प्रधानमन्त्री कार्कीले प्रसाईंलाई भनिन्,-‘जनतामा गएर आफ्नो मुद्दा अनुमोदन गराउनुस्

  • 549
    SHARES

  • प्रधानमन्त्री कार्कीले प्रसाईंलाई भनिन्,-‘जनतामा गएर आफ्नो मुद्दा अनुमोदन गराउनुस्

    काठमाडौँ,पुस १५ ।

    प्रधानमन्त्री सुशीला कार्की र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईँबिच भेटवार्ता भएको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा प्रधानमन्त्रीले  मुलुकमा शान्ति र अमनचैन कायम राखी दिगो लोकतन्त्र स्थापना गर्ने एकमात्र माध्यम निर्वाचन रहेकाले यसमा सहयोग गर्न प्रसाईंलाई आग्रह गरिन् ।

    प्रधानमन्त्री कार्कीले अब मुलुकले अस्थिरता र अशान्ति थेग्न नसक्ने भन्दै आफ्ना माग र असन्तुष्टिहरु शान्तिपूर्ण माध्यमबाट राख्न पनि आग्रह गरिन् । यस्तै उनले जनतामा गएर आफ्नो मुद्दा अनुमोदन गराउन समेत प्रसाईंलाई सुझाइन् ।

    नेपाललाई हिन्दुराष्ट्र बनाउनुपर्ने माघ अघि सार्दै आएका प्रसाईंलाई जनताबाट आफ्ना मुद्दा अनुमोदन गराउनु नै लोकतान्त्रिक निकासको एक मात्र विकल्प बताएकी हुन् । मुलुक निर्वाचनमा होमिइसकेकाले यो अवसरको प्रसाईंले पनि उपयोग गर्नुपर्ने उनको भनाइ थियो । 

    ‘धेरै अप्ठ्यारो अवस्थाबाट मुलुकलाई शान्ति सुव्यवस्थामा फर्काएका छौँ ,’ उनले भनिन्, ‘सबै खालका संशयहरूलाई चिर्दै मुलुक पूर्णरुपमा निर्वाचनको माहौलमा होमिएको छ। यस्तो बेलामा सबै पक्षबाट जिम्मेवार भूमिकाको अपेक्षा हामीले गरेका छौँ। यो देश मेरो पनि हो भन्ने सोच राखेर सबै पक्ष जिम्मेवार बनौँ।’

    प्रधानमन्त्री कार्कीले प्रसाईँलाई शान्ति कायम राख्न आग्रह गर्दै शान्तिको प्रतीक भगवान् गौतम बुद्धको चित्र उपहार पनि दिइन्। ‘हामी पनि न्यायका पक्षधर हौँ ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘यहाँ सत्ताभोग र सुखसयल गर्न आएका होइनौँ। भ्रष्टाचारको अन्त्य, शोषित–पीडित वर्गलाई न्याय दिलाउने प्रक्रियाको थालनी गरेका छौँ। सबै कुराको नतिजा रातारात नदेखिए पनि हामीले आधारशीला तयार पार्दै गएका छौँ। तपाईँले उठाउनुभएका कतिपय जायज मुद्दाको सम्बोधनका लागि पनि सरकारले गृहकार्य गरिरहेकै छ। अझै थप छलफल गर्दै जाऔँला।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology