Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेकपाले गर्यो पाल्पा २ का लागि ७ जनाको नाम सिफारिस,सोमप्रसाद र पुरनको चर्चा

नेकपाले गर्यो पाल्पा २ का लागि ७ जनाको नाम सिफारिस,सोमप्रसाद र पुरनको चर्चा

  • 525
    SHARES

  • नेकपाले गर्यो पाल्पा २ का लागि ७ जनाको नाम सिफारिस,सोमप्रसाद र पुरनको चर्चा

    बुटवल,पुस १४ ।

    प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी पाल्पाले क्षेत्र नम्बर २ का लागि सात जनाको नाम सिफारिस गरेको छ।

    सिफारिस हुनेहरूमा सोमप्रसाद पाण्डे, यादव बहादुर रायमाझी, नेत्र प्रसाद पाण्डे, डेमलाल घिमिरे (अनिल किशोर), पुरन खड्का, राजेन्द्र  बहादुर बिक, तुलसा राना रहेका  रहेका छन् । प्रर्तिसप्रदामा  सात जना देखिए पनि  मुख्य दावि सोम प्रसाद पाण्डे र पुरन खड्काको विचमा रहेको छ । 

    पाण्डे ५२ सालदेखि निरन्तर सोही निर्वाचन क्षेत्रमा चुनाव लड्दै आएका र उद्योग मन्त्रालयको जिम्मेवारी समेत सम्हालिसकेका व्यक्ति हुन् । भने पुरन खड्का विद्यार्थी राजनीतिबाट राजनीतिमा आएका ४० वर्ष मुनिका युवा हुन ।

    त्रिभुवन विश्वविद्यालयवाट समाजशात्रमा एम ए र कानुनमा एल एल बी अघ्ययन गरेका छन र आईटि एफ तेक्वान्दोको राष्टिय खेलाडी समेत हुन ।  अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष भइसकेका खड्का पार्टीको  केन्द्रीय सदस्य समेत रहेका छन् ।  नया पुस्तालाई हेर्ने यतिवेलाको माहोल  अनुसार पनि खड्का  शसक्त दावेदार हुन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, पौष १४ २०८२०२:०५:४३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology