Logo मंगलवार, श्रावण १२ गते २०८३
images

साहित्यकार नारद गौतमको ‘शब्दका छर्रा’ लोकार्पण

साहित्यकार नारद गौतमको ‘शब्दका छर्रा’ लोकार्पण

  • 2.0K
    SHARES

  • साहित्यकार नारद गौतमको ‘शब्दका छर्रा’ लोकार्पण

    बुटवल,पुस १२  ।

    साहित्यकार नारद गौतमद्वारा लिखित ‘शब्दका छर्रा’ नामक कविता सङ्ग्रहको लोकार्पण भएको छ ।

    लोकार्पण कार्यक्रम लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीको आयोजनामा श्री जनजागृति माध्यमिक विद्यालय योगीकुटीमा सम्पन्न भएको हो ।

    कार्यक्रममा स्वागत मन्तव्यका क्रममा बोल्दै प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम पाण्डेयले कृतिकारलाई बधाई र कृतिको सफलताका लागि शुभकामना दिँदै उपस्थित सम्पूर्ण साहित्यकारलाई स्वागतका शब्दसहित प्रतिष्ठानका गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो ।

    त्यसैगरी प्रा.डा. हिरण्यलाल ज्ञवालीले कृति समीक्षाका क्रममा गौतमले नेपाली भाषामा प्रयोगबिहीन हुन लागेका शब्दका बारेमा गहनतम अध्ययन र उजागर गर्ने कार्य गरेको बताउँदै कविता काव्यका क्षेत्रमा शब्दका छर्रा कृति पठनीय रहेको बताउनुभयो भने कार्यक्रमका प्रमुख अतिथि साहित्यकार रुद्र ज्ञवालीले गौतम संस्कृतका ज्ञाता, प्रचलन विहीन नेपाली भाषाका अनुसन्धाता रहेको बताउँदै नेपाली साहित्य र भाषाको श्रीवृद्धिमा पु¥याउनुभएको योगदानको प्रशंसा गर्नुभएको थियो ।

    कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष ऋषि आजाद, साहित्यकार विजय हितान, मदनलाल पौडेल, रमेश समर्थन, लक्ष्मण ज्ञवाली, तिलक लामिछाने, दुर्गा थापा मगर, डा. लक्ष्मी पोखरेल ‘कोकिला’ लगायतले शुभकामना मन्तव्यसहित रचना वाचन गर्नुभएको थियो भने गंगा पुरीले लेखकको परिचय र चिनारी दिनुभएको थियो ।

    श्री जनजागृति मा.वि. का प्रधानाध्यापक टंकप्रसाद पौडेल, लेखककी धर्मपत्नी मधुरा गौतमलगायतको आतिथ्यमा सम्पन्न कार्यक्रममा साहित्यकार नारद गौतमले आफ्नो साहित्यिक लेखनको प्रारम्भ र रचनागर्भका बारेमा लेखकीय मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको संयोजन माधव गौतम र कार्यक्रमको सञ्चालन प्रतिष्ठानका उपाध्यक्ष कृष्ण गाउँलेले गर्नुभएको थियो ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, पौष १२ २०८२०७:३०:५८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology