Logo बिहिवार, आश्विन १ गते २०८३
images

बालेन, रवि र कुलमानबिच आजै एकताका लागि हस्ताक्षर हुने

बालेन, रवि र कुलमानबिच आजै एकताका लागि हस्ताक्षर हुने

  • 477
    SHARES

  • बालेन, रवि र कुलमानबिच आजै एकताका लागि हस्ताक्षर हुने

    काठमाडौँ,पुस ११ ।

    काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह(बालेन), राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक तथा ऊर्जा मन्त्री कुलमान घिसिङबिच शुक्रबार एकताको लागि हस्ताक्षर हुने भएको छ ।

    स्रोतका अनुसार परिस्थितिमा कुनै फेरबदल नभएमा आज साँझसम्म साह, लामिछाने र घिसिङबिच पार्टी एकताको लागि हस्ताक्षर हुनेछ । हस्ताक्षर अघि ३ वटै पक्षबाट आ–आफ्‌नो गृहकार्य गरेर सामूहिक भेट्ने तयारी भइरहेको छ ।

    ‘सबै पक्ष एक ठाउँमा आएपछि छलफल गरेर आजै सहमतिमा हस्ताक्षर हुन्छ । केहि फरक नभए भोलि एकता घोषणा सभा हुन्छ,’ स्रोतले भन्यो । 

    आगामी फागुन २१ गते हुने भएको प्रतिनिधिसभाको निर्वाचनको लागि वैकल्पिक शक्तिहरू र जेनजीहरु एकै ठाउँमा बसेर पुराना शक्तिहरूलाई चुनौती दिने तयारी छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology