बुटवल,पुस १० ।
बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले मुटु र मिर्गौलाका बिरामीको उपचारबापत सरकारबाट पाउनुपर्ने झन्डै १८ करोड रुपैयाँ रोकिएपछि सेवा रोक्ने चेतावनी दिएको छ ।
अहिलेसम्म अस्पतालले मुटु र मिर्गौलाका बिरामीहरूको उपचार गरेबापत सरकारबाट २० करोड ३९ लाख ३१हजार ८७९ प्राप्त गर्न बाँकी रहेकोमा जम्मा दुई करोड ५८ लाख २२ हजार पाँच सय रुपैयाँ मात्र प्राप्त गरेको छ ।
अस्पतालले बिरामीहरूको उपचार गरिरहेको अवस्थामा नेपाल सरकारबाट १७ करोड ८१ लाख नाै हजार ३७९रुपैयाँ पाउन बाँकी रहँदा अस्पताल आर्थिक संकटमा परी अन्य उपचार सेवा प्रभावित हुने अवस्था सिर्जना भएकोअध्यक्ष एजाज आलमले बताए ।
सरकारले नियमित रूपमा प्रदान गर्नुपर्ने रकम रोकेर राख्दा अस्पतालमा औषधि रउपकरणहरूको सप्लाई रोकिएको छ भने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूको तलब भुक्तानीमा समस्याथपिएको छ ।
अस्पताल आर्थिक संकटमा पर्दै गएपछि विपन्न नागरिक औषधि–उपचार कार्यक्रमअन्तर्गतकोनिःशुल्क उपचार सेवा रोक्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको आलमले बताए । अस्पतालले पाउनुपर्ने रकमसरकारबाट पुस मसान्तसम्म प्राप्त नभएमा माघ १ गतेदेखि मुटुमा प्रदान गर्दै आएको एक लाख र मिर्गौलाकाबिरामीहरूको निःशुल्क डायलाइसिस सेवा बन्द गर्न बाध्य हुने पत्रकार सम्मेलनमार्फत अस्पतालले जानाकारीगराएको छ ।
बुधबार पत्रकार सम्मेलनमा अध्यक्ष आलमले ठुलो रकम रोकिँदा विभिन्न क्षेत्रको भुक्तानी समयमानगर्दा समस्या भएकाले सेवा नै बन्द गर्नुपर्ने बाध्यता आइपर्ने भन्दै यसबाट बिरामीहरूलाई पर्न जानेअसुविधाप्रतिअस्पताल क्षमाप्रार्थी रहेको बताए ।
सरकारले सञ्चालन गरेको विपन्न नागरिक औषधि–उपचारकार्यक्रमअन्तर्गत यस वर्ष मात्रै एक हजार ३८४ जना मुटुका बिरामीहरूलाई चार करोड ६४ लाख ८९ हजार १४रुपैयाँबराबरको र मिर्गाैला बिरामीहरूको डायलाइसिसको १३ करोड ९४ लाख ६५ हजारबराबरको ५५१ जनाकोडायलाइसिस गरिएको अस्पतालले जनाएको छ । मुटु र मिर्गौलाका गरी वर्ष मात्रै १८ करोड ५९ लाख ५४ हजार १४रुपैयाँबराबरको उपचार सेवा प्रदान गरिएको छ ।
अस्पतालले अतिविपन्न असहाय बिरामीहरूको उपचारका लागि यस वर्ष एक करोड ४५ लाख ७२ हजार ११९रुपैयाँबराबरको निःशुल्क उपचार गरिएको पनि जनाएको छ । यसका साथै संस्थाका विशिष्ट सम्मानित सदस्यतिलप्रसाद भट्टराईले पाँचजना डायलाइसिसका बिरामीहरूलाई तीन लाख ४१ हजार ४५९ रुपैयाँबराबरकोऔषधि निःशुल्क उपलब्ध गराएका छन् ।
आर्थिक वर्ष ०७९/ ८० मा स्वास्थ्य बिमाबाट स्वास्थ्य विभागमा सार्दाबाँकी रहेको ६ करोड १९ लाख ७२ हजार पाँच सय रुपैयाँ हालसम्म पनि प्राप्त हुन नसकेको पनि अस्पताललेजनाएको छ । अस्पतालले विगतमा पनि सरकारी निकायबाट हैरानी व्यहोर्नुपरेको गुनासो गरेको छ । ०८१चैतदेखि ०८२ असारसम्म अन्य शाखाहरूबाट प्रदान गरिएको र ०८१ चैत देखि ०८२ वैशाखसम्म बुटवलबाट प्रदानगरिएको डायलाइसिस सेवाको भुक्तानी प्राप्त हुँदा ८५ लाख ४५ हजार रुपैयाँ कम प्राप्त भएको अध्यक्ष आलमलेबताए ।
उक्त रकम के–कति कारणले कम प्राप्त भएको हो भनी बिमा बोर्डमा बुझ्दा स्वास्थ्य विभागमा बुझ्नु भन्नेर स्वास्थ्य विभागमा बुझ्दा बिमा बोर्डमा बुझ्नु भन्ने गैरजिम्मेवार जवाफ प्राप्त हुने गरेको उनले बताए ।मुटु अस्पतालबाट पाँच लाखले लिए सेवा
यस अस्पतालबाट पाँच लाखले सेवा लिएका छन् ।
अस्पताल स्थापनाको १२ वर्षको अवधिमा मुटु, मिर्गौला तथाजनरल फिजिसियनका गरी हालसम्म पाँच लाखभन्दा बढी बिरामीको उपचार यहाँ भएको छ । ०७० पुस १०गतेबाट सेवा सुरु गरेको यस अस्पतालले मुटु र मिर्गौलाको उपचारबापत सरकारबाट पाउनुपर्ने रकम रोकिँदाकठिनाइ भएको जनाएको छ । सरकारले सञ्चालन गरेको विपन्न नागरिक औषधि–उपचार कार्यक्रमको रकमसमयमा भुक्तानी नभएको अस्पतालले जनाएको छ ।
मुटुको सामान्य उपचारबाट सुरु गरिएको यस अस्पतालमा ०७३ सालमा सञ्चालन गरिएको क्याथ ल्याब घाटमात्रै एन्जियोग्राफी, एन्जियोप्लास्ट, अस्थायी पेसमेकर, स्थायी पेसमेकर, पेरिकार्डियो सेन्टिसिस, राइट हार्टक्याथेटराजेसन र पिटिएमसी गरी ६ हजार पाँच सय ६९ जनाले सेवा प्राप्त गरेको अध्यक्ष आलमले बताए ।
उनका अनुसार ०७२ सालदेखि सुरु गरिएको मिर्गौलाको उपचार सेवाबाट पनि बिरामीहरूले हालसम्म तीन लाख१३ हजार ७२१ सेसन निःशुल्क डायलाइसिस सेवा प्राप्त गरेका छन् । यस अस्पतालले बुटवलसँगै दाङ जिल्लाकोलमही, पाल्पा जिल्लाको तानसेन, स्याङ्जा जिल्लाको वालिङ र कपिलवस्तु जिल्लाको बाणगंगामा डायलाइसिससेन्टर स्थापना गरी सञ्चालन गर्दै आएको छ ।
नवलपरासी जिल्लाको सुनवलमा पनि डायलाइसिस सेन्टर शीघ्र सञ्चालनको तयारीमा रहेको छ । जसमध्येबुटवलबाट ३११ जना, लमहीबाट २७ जना, पाल्पाबाट ५९ जना, वालिङबाट ६७ र कपिलवस्तुबाट ५७ गरी ५५१जना मिर्गौलाका बिरामीहरूले नियमित रूपमा निःशुल्क डायलाइसिस गराउँदै आएको आलमले बताए ।
रुपन्देहीउद्योग संघको संरक्षकत्वमा सञ्चालित यस अस्पतालमा यस क्षेत्रका उद्योगी–व्यवसायी, विभिन्न रोटरी क्लब, समाजसेवीलगायतको आर्थिक, भौतिक तथा नैतिक सहयोग रहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)