बुटवल,पुस ७ ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य कृष्ण पौडेलले फागुन २१ मा हुने निर्वाचन सशक्त रुपमा बहिष्कार गर्ने बताएका छन् ।
अहिलेको अवस्थामा हुने निर्वाचनले जनताका चाहाना पुरा गर्न नसक्ने र पुरानै संसदवादी दलहरु नै हावी हुने भएकाले यो निर्वाचनको कुनै अर्थ नभएकाले बष्किार गरिने बताए ।क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल रुपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले जेनजी बिद्रोहको नाममा भारतीय विस्तारबाद र अमेरिकी साम्राज्यबादको इसारामा यो सरकार बनेको दावी गरे ।
उनले संसदीय व्यवस्था असफल भैसकेकाले अहिलेकै अवस्थामा चुनाब उपयोग गर्न नसकिने बताउंदै सुशीला कार्की नेतृत्वको सरकारले गराउने चुनाब विदेशी प्रतिक्रियावादी शक्तिहरुको डिजाइनमा चुनाब गराउन लागेको आरोप लगाए ।
देशभक्त, जनतान्त्रिक, वामपन्थी, र प्रगतिशील शक्तिहरुको बिचमा राष्ट्य राजनीतक सम्मेलन बाट संयुक्त मोर्चा निर्माण गरेर त्यो मोर्चाको नेतृत्वमा स्वाधिन संयुक्त सरकार बनाउनु पर्ने बताए । उनले फागुन २१ ग्ते हुने चुनाब विदेशी एजेन्टहरुको वर्चस्व कायम गरी आफ्ना एजेन्टहरुको सरकार बनाउने डिजाइन गरिएको दावी गदैृ उनले भने संसदीय व्यवस्था र यस भित्र हुने चुनाबबाट देश अगाडि बढ्न नसक्ने बताए ।
कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीलाई संसदवाद्यि पार्टी भएको दावी गर्दै यि संसदबादी पार्टीहरु असफल भैसकेकाले देशलाई सही प्रकारले अगाडि बढाउनका लागि स्वाधिन संयुक्त सरकार निर्माण गर्नुपर्नेमा जोड दिए ।बाबुराम आचार्यको सञ्चालनमा पत्रकार सम्मेलन भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)