Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देहीको कञ्चनमा एक किशोरको विभत्स हत्या नालीमा भेटियो शव

रुपन्देहीको कञ्चनमा एक किशोरको विभत्स हत्या नालीमा भेटियो शव

  • 507
    SHARES

  • रुपन्देहीको कञ्चनमा एक  किशोरको विभत्स हत्या नालीमा भेटियो शव

    बुटवल,पुस ५ ।

    रुपन्देहीको कञ्चन गाउँपालिकामा एक जना किशोरको विभत्स रूपमा हत्या गरी नालिमा फालिएको अवस्थामा शव फेला परेको छ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी सुरज कार्कीका अनुसार कञ्चन गाउँपालिका वडा नम्बर ३ धौलागिरीचोक निवासी अर्जुन शर्माको १७ वर्षीय छोरा इशान शर्मा पौडेलको विभत्स रूपमा हत्या गरी नालिमा फालिएको अवस्थामा शव फेला परेको हो।

    प्रहरीका अनुसार ईशान बुधबार साँझ ८ बजेदेखि सम्पर्कविहीन थिए । उनको शव विहिबार साँझ स्थानीयले देखे पछि प्रहरीलाई खबर गरेका थिए ।, घटनको बारेमा अनुसन्धान भईरहेको र अहिले केहीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको सुचना अधिकारी कार्कीले बताए । 

    स्थानीयका अनुसार एक साताअघि विद्यालय परिसरमा एकै युवतीको विषयलाई लिएर साथीहरूबीच विवाद भएको थियो । त्यही कारण उनको हत्या भएको हुन सक्ने आशंका गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology