Logo बिहिवार, आश्विन १ गते २०८३
images

‘निर्वाचनको विकल्प खोजिए अर्को राजनीतिक अस्थिरता’ :अर्थमन्त्री रामेश्वर खनाल

‘निर्वाचनको विकल्प खोजिए अर्को राजनीतिक अस्थिरता’ :अर्थमन्त्री रामेश्वर खनाल

  • 708
    SHARES

  • ‘निर्वाचनको विकल्प खोजिए अर्को राजनीतिक अस्थिरता’  :अर्थमन्त्री रामेश्वर खनाल

    बुटवल,पुस ३ ।

    अर्थमन्त्री रामेश्वर खनालले २१ फागुनमा तोकिएको मितिमा निर्वाचनको विकल्प खोज्न नहुने बताउनुभएको छ ।बुटवलमा रुपन्देही उद्योग संघले आयोजना गरेको १६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै अर्थमन्त्री खनालले निर्वाचनको विकल्प खोजिए अर्को राजनीतिक अस्थिरता निम्तिने र मुलुक फेरि अनिश्चयको बाटोमा धकेलिने बताउनुभयो ।

    अर्थमन्त्री खनालले राजनीतिक स्थिरता विना आर्थिक सूचक राम्रा हुन नसक्ने बताउनुभयो ।अन्तरिम सरकारले करका दर हेरफेर गर्ने गरी नीति र कानुन परिवतर्न गर्न नसक्ने अर्थमन्त्री खनालले स्पष्ट पार्नुभयो । ।जेनजी आन्दोलनको केही समयसम्म मुलुकको अर्थतन्त्रबारे अन्योलता उत्पन्न भएपनि विस्तारै अर्थतन्त्र लयमा आउन थालेको बताउनुभयो ।rameshor.jpg

    रुपन्देही उद्योग संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघको संरक्षकत्वमा प्रदर्शनी शुरु भएको हो । ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार’ नाराका साथ शुरु भएको मेला १७ गतेसम्म चल्नेछ ।

    कार्यक्रममा लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेले प्रदेश सरकारले उद्योगी व्यवसायीहरुलाई सहज हुनेगरी बजेट निर्माण गरेर कार्यान्वयनमा लगेको बताउनुभयो ।

     पूर्वमन्त्री तथा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले बुटवलको प्रदर्शनीले धेरैलाई नयाँ सन्देश दिने गरेको बताउँदै आगामी दिनमा पनि स्वदेशी उत्पादनहरुलाई प्राथमिकतामा दिएर अघि बढाउनुपर्ने बताउनुभयो । 

    बुटवलका मेयर खेलराज पाण्डेले संघीय सरकारले स्थानीय सरकारसँग विकासका योजनामा समन्वय नगरेको बताउँदै धेरै बजेट फिर्ता गएको विषयमा अर्थमन्त्रीले ध्यानु दिनुपर्ने बताउनुभयो । 

    बुटवल संभावनाको शहर  भएको भन्दै पाण्डेले केन्द्र सरकारले स्थानीय सरकारलाइ पूर्ण अधिकार नदिदा समस्या भइरहेको बताउनुभयो । 

    नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र कुमार पाण्डेले उत्पादनमूलक उद्योगहरुको यस्त प्रदर्शनीले प्रवद्धन हुने बताउनुभयो ।नेपाल उद्योग परिसंघ लुम्बिनीका अध्यक्ष एजाज आलमले औद्योगिक क्षेत्रको व्यवस्थापनका विषयमा सरकारले काम गर्न नसकेको बताउनुभयो ।

    प्रदर्शनीले स्वदेशी उत्पादन, नयाँ प्रविधि, पर्यटन तथा कृषि उत्पादनसँग सम्बन्धित वस्तुहरुको प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान गर्ने अध्यक्ष कृष्णप्रसाद पराजुलीले बताउनुभयो ।स्वदेशी उद्योगका उत्पादन मात्रै प्रदर्शन र तिनको बजारीकरण गर्दै उपभोक्तामा स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ भन्ने भावनाको विकास गराउन प्रदर्शनी फलदायी हुने उहाको भनाइ छ ।

    प्रदर्शनीमा औद्योगिक प्रविधि, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छाला जुत्ता, खाद्यान्न, सूचना प्रविधिलगायतका करिब ३५० स्टलहरू रहनेछन्। प्रदर्शनीको करिब ८ लाख दर्शकले अवलोकन गर्ने र २० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ।उद्घाटन समारोहमा उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार–२०८१ बाट पत्रकार प्रकाश आचार्य पुरस्कृत भएका छन् ।

    सो अबसरमा जिल्ला समन्वय प्रमुख उमाकान्त चपाई, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल,परिसंघका अध्यक्ष बिरेन्द्र पाण्डे, पत्रकार महासंघका रुपन्देही अध्यक्ष दिनेश पाण्डे,संघका वरिष्ठ उपाध्यक्ष जिबकान्त काफ्ले, प्रथम उपाध्यक्ष हरिबहादुर खत्री, महासचिव सुमन बस्याललगायतले बोलेका थिए ।

    WhatsApp Image 2025-12-18 at 19.26.09.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology