Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सुनको भाउ आज प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ

सुनको भाउ आज प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ

  • 681
    SHARES

  • सुनको भाउ आज  प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ

    काठमाडौं, पुस ३ ।

    बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ तय गरेको छ ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा ७ सय रुपैयाँ बढी हो । अघिल्लो दिन २ लाख ५९ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि गत सोमबार सुन हालसम्मकै उच्च प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

    चाँदी आज तोलामा २५ रुपैयाँ बढेसँगै नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ५५ रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज ४ हजार ८० रुपैयाँ पुगेको छ । दुई दिनयता चाँदीले उच्च मूल्य रेकर्ड बनाइरहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology