बुटवल,पुस २ ।
तिनाउ ईङ्लिस बोर्डिङ स्कुल बुटवल देवीनगरका सबै शिक्षक अभिभावक सहभागि भई अन्तरक्रिया सम्पन्न भएको छ ।
विद्यार्थीहरूको अभिभावक र शिक्षकबीच विभिन्न चरणमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्ष प्राचार्य सीता पाण्डेले विद्यालयले विद्यार्थीहरूलाई शिक्षासँगै अभिभावकको पनि भूमिका खेल्दै संस्कार र संस्कृति पनि सिकाइरहेको बताउनुभयो।
विद्यालयले प्रत्येक विद्यार्थीको प्रत्यक्ष निगरानी गरी उनीहरूको चौतर्फी विकासमा आवश्यक सुधारका कदमहरू चालिरहेको बताउनुभयो।
उहाले शिक्षक र अभिभावक बच्चाका लागि रोल मोडेल हुनुपर्ने बताउनुभयो। उक्त कार्यक्रममा प्रमुख वक्ताका रूपमा रहनुभएका विद्यालय व्यवस्थापन समिति अध्यक्ष यज्ञमूर्ति पाण्डेले विद्यालयले विद्यार्थीहरूको सर्वाङ्गिण विकासका लागि निशुल्क अतिरिक्त क्रियाकलापका कक्षाहरू सञ्चालन गरेको बताउनुभयो।
उक्त कार्यक्रममा उहाँले बालबालिकाहरूलाई सकारात्मक सोचाइका साथ उनीहरूलाई पढाइमा उत्प्रेरणा दिनुपर्ने र बच्चालाई गाली होइन प्रेम र स्नेह मार्फत सिकाउनका लागि सुझाव दिनुभयो ।
अध्यक्ष पाण्डेले विद्यालयको कार्ययोजना प्रस्तुत गर्दै विद्यालय डिजिटलाइजेसनका कार्यक्रम अन्तर्गत कक्षामा स्मार्टबोर्ड, अभिभावकहरूका लागि आफ्नो बच्चाको प्रत्यक्ष निगरानीका लागि तिनाउ एप, शिक्षकहरूको क्षमता अभिवृद्धि गर्नका लागि डिजिटल लर्निङ कार्यक्रम जस्ता थुप्रै कार्यक्रमहरू अगाडि सारेको जानकारी दिनुभयो।
कार्यक्रममा सहप्राचार्य सूर्यप्रसाद पाण्डे, संयोजक नारायण पोख्रेल, सल्लाहकार बाबुराम सुबेदी, कक्षा ९ का इन्चार्ज दुर्गा केसी, कक्षा ८ का इन्चार्ज सुन्दर बेलबासे, एलकेजी इन्चार्ज आशा हिताङ, नर्सरी इन्चार्ज लीला शर्मा लगायतले बोल्नुभयो।
अभिभावकको तर्फबाट प्रतिज्ञा अधिकारी, विकास पाण्डे, विष्णुकुमारी श्रेष्ठ, पुन्ने प्रसाद गौतम, टङ्कप्रसाद गैरे,दिपक पाण्डे, सन्जु शर्मा ज्ञवालीले विद्यार्थीको चौतर्फी विकासका लागि शिक्षक, अभिभावक, विद्यालय, राष्ट्रिय शिक्षा नीति र पाठ्यक्रम यी पञ्चतत्त्वहरुको सहकार्य र समन्वय औँल्याउनुभयो।
मन्टेश्वरी इन्चार्ज माया बरालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा इसिए इन्चार्ज नवीन रत्न शाक्य र राष्ट्रिय लोकगायक भुवन अधिकारीले संगीतमार्फत कार्यक्रममा रौनक ल्याउनुभयो। एसइइ इन्चार्ज अग्निधर पोखरेलको सञ्चालनमा रहेको कार्यक्रममा विद्यार्थीहरूले नृत्य समेत प्रदर्शन गरेका थिए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)