Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कालिका कप समुद्घाटन : मार्चपाससहित विद्यार्थीले गरे षट्कोण प्रर्दशन

कालिका कप समुद्घाटन : मार्चपाससहित विद्यार्थीले गरे षट्कोण प्रर्दशन

  • 2.6K
    SHARES

  • कालिका कप समुद्घाटन : मार्चपाससहित विद्यार्थीले गरे षट्कोण प्रर्दशन

    बुटवल, पुस १ ।

    कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा  आयोजना गरिएको जिल्ला स्तरिय कालिका कप–२०८२ सुरु भएको छ ।
    मंगलबार  सेक्टर १ कालिका नगरमा भव्यव समारोहको आयोजना गरी कालिका कप सुरुवात गरिएको हो ।

     विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा नगर खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाको प्रमुख आतिथ्यता रहेको थियो  । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पियाले  कालिका मानवज्ञान स्कुल शैक्षिक क्षेत्रमा मात्र नभई खेलकुद क्षेत्रमा समेत अग्रस्थानमा रहेको बताए ।15639e98f6969208fc6cc6d137e741b4.jpeg

    उनले कालिका मानवज्ञान विद्यालय धेरै शैक्षिक संस्थाहरुका लागि अध्यायनको थलो रहेको भन्दै कालिका स्कुलबाटै धेरैले शैक्षिक गतिविधिको अनुसरण गर्नुपर्ने बताएका थिए ।

    कार्यक्रममा विद्यालयका  प्रमुख सल्लाहकार विद्यालयका पुर्व प्रधानाध्यापक तथा बुटवल कालिका क्याम्पसका का प्रमुख घनश्याम पाठक, बुटवल कालिका क्याम्पसका अध्यक्ष तथा विद्यालयका पुर्व व्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गलामी, एथ्लेटिक्सका मुख्य प्रशिक्षक मोहन घले अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ  ज्ञवाली,  सहित शिक्षक अभिभावक संघ, विद्यालयका सहायक प्रधानाध्यापक, ईन्चार्ज लगायतको सहभागीता रहेको थियो ।a857ede16bc967234bb96056ae49b3d1.jpeg
    कार्यक्रममा सहभागी सम्पूर्ण पाहुना तथा अतिथिहरुलाई स्वागत गर्दै विद्यालयका प्रधानाध्यापक  दिनेश थापाले  बार्षिकउत्सव ५ गतेसम्म विभिन्न खेलकुद एवं रचनात्मक कार्यक्रमको आयोजना गरीने र ६ र ७ गते  छात्रवृत्ती वितरण सहितका मुल समारोह ७ गते आयोजन ागर्न लागिएको बताएका थिए ।

    कालिका कप अन्तर्गत भलिवल, कबड्डी (छात्र,छात्रा)का खेलहरु हुनेछन् ।
     कालिका कप प्रतियोगिताका सवै खेलहरु विद्यालयको सेक्टर १ मा हुने विद्यालयले जनाएको छ । भलिवल र कवड्डी पुस २ देखि ५ गते सम्म चल्नेछ । 
    त्यस्तै पुस ४ गते स्व. शेर बहादुर गुरुङ्ग स्मृति अक्षयकोष जिल्ला स्तरीय कविता प्रतियोगिता र स्व. मन्दिरा गलामी स्मृति अक्षयकोष सिङ्गिङ आइडल प्रतियोगिता हुनेछ ।

    पुस ६ गते विभिन्न शीर्षकका अक्षयकोषबाट छात्रवृत्ति पुरस्कार वितरण समारोह, विद्यार्थी सम्मान र अन्तर विद्यालय ५ हजार मिटर दौड प्रतियोगिता (बिहान ६ बजे ) हुनेछ ।
     मुल समारोहका दिन विभिन्न सांस्कृतिक कार्यक्रमहरु, विज्ञान प्रविधि, ललित कला प्रदर्शनी, शिक्षक कर्मचारी पुरस्कार वितरण कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ ।  पहिलो दिन विद्यालयमा ६ हजार विद्यार्थीले एक साथ पिटी प्रदर्शन गरेका थिए । 
     कालिका कप अन्र्तगतका  बुधवारबाट जिल्ला स्तरिय कालिका कप  छात्रछात्रा भलिवल प्रतियोगीता र कबड्डी प्रतियोगीता आयोजना हुने छ ।  

    विद्यालयका खेलकुद संयोजक ओम सारुका अनुसार छात्र भलिवल प्रतियोगीतामा २२ वटा विद्यालयले सहभागीता जानएका छन् । यस्तै छात्रा भलवल प्रतियोगीताका लागि १३ वटा विद्यालयले सहभागीता जनाएका छन् । यस्तै जिल्ला स्तरिय छात्र कबड्डी प्रतियोगीताका लागि २० वटा विद्यालय र  छात्रा कबड्डी प्रतियोगीताका लागि १३ वटा विद्यालयले सहभागीता जानाएका छन् । सबै प्रतियोगीताहरु पुस २ गते बाट शुभारम्भ हुने छन् ।  

    भलिबल र कबड्डी बिजेता  टिमले नगद ३० हजार सहित नगद पुरस्कार, ट्रफी र मेडल  प्राप्त गर्ने छन्, उप विजेता टिमले २० हजार नगद सहित नगद पुरस्कार, ट्रफी र मेडल र तृतिय  टिमले नगद १० हजार  सहित नगद पुरस्कार, ट्रफी र मेडल प्राप्त गर्ने विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology