Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एमालेले पुरानै विधान ब्युँतायो,केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने निर्णय

एमालेले पुरानै विधान ब्युँतायो,केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने निर्णय

  • 1.3K
    SHARES

  • एमालेले पुरानै विधान ब्युँतायो,केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने निर्णय

    काठमाडाैँ,मंसिर २८ ।

    नेकपा एमालेले पुरानै विधान ब्युँत्याएको छ।

    वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत उनी पक्षका नेताहरूको विरोधबीच आज भृकुटीमण्डपमा बसेको केन्द्रीय कमिटीको बैठकले पुरानै विधान कायम गरेर ११ औं महाधिवेशनमा जाने निर्णय गरेको हो।

    बैठकमा अध्यक्ष केपी शर्मा ओली वा पदाधिकारीले विधान संशोधन प्रस्ताव ल्याएका थिएनन्।अध्यक्ष ओली पक्षका पोलिटब्युरो र स्थायी कमिटीका नेताहरूले पुरानै विधानअनुसार अघि बढ्नुपर्ने भन्दै विधान संशोधन प्रस्ताव ल्याएको र पारित गरिएको हो।

    गत भदौमा बसेको एमाले विधान महाधिवेशनले पदाधिकारी र केन्द्रीय कमिटीको आकार घटाएकोमा अब पुरानै व्यवस्था अनुसार पदाधिकारी र केन्द्रीय कमिटी रहने भएको छ। नेता शेरबहादुर तामाङका अनुसार केन्द्रीय कमिटीले एक जना अध्यक्ष, ५ जना उपाध्यक्ष, १ महासचिव, उपमहासचिव ३, सचिव ९ जना रहने व्यवस्था गर्ने निर्णय गरेको छ। वरिष्ठ उपाध्यक्ष अहिले राखिएको छैन।

    साथै पोलिटब्युरोको एक तिहाइ संख्याको स्थायी कमिटी, पोलिटब्युरो ९९ सदस्यीय बनाउने निर्णय भएको छ भने केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने निर्णय भएको छ।

    uml.jpg

    पुरानै विधान ब्युँत्याएकोमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव गोकर्ण विष्ट, योगेश भट्टराई, नेता कर्ण थापा र काशीनाथ अधिकारीलगायतले विरोध गरेका थिए। यीमध्ये अधिकारी अध्यक्ष ओलीनिकट छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology