Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एमालेको बन्दसत्र दिउसो १ बजेदेखि, २५१ सदस्यीय केन्द्रीय कमिटी चयन हुने

एमालेको बन्दसत्र दिउसो १ बजेदेखि, २५१ सदस्यीय केन्द्रीय कमिटी चयन हुने

  • 666
    SHARES

  • एमालेको बन्दसत्र दिउसो १ बजेदेखि, २५१ सदस्यीय केन्द्रीय कमिटी चयन हुने

    काठमाडौं,मंसिर २८ ।

    नेकपा एमालेको बन्दसत्र दिउसो १ बजेदेखि मात्र शुरु हुने भएको छ । यसअघि साढे १२ बजेदेखि शुरु हुने भनिएको महाधिवेशनको बन्दसत्र १ बजेदेखि मात्र शुरु हुने भएको हो ।

    एमाले नेता महेश बस्नेतले बन्दसत्रअघि अगाडि केन्द्रीय कमिटीको अन्तिम बैठक बस्ने तयारी भएको र बन्दसत्र एक बजेदेखि शुरु हुने जानकारी दिएका छन् । बैठकमा विधान संशोधन र बन्दसत्रमा पेश गरिने राजनीतिक प्रस्तावको बारेमा छलफल हुने बताइएको छ । 

    सचिवालय बैठकले बन्द सत्र सञ्चालनमा विगतभन्दा फरक अभ्यास अपनाउँदै सिंगो सचिवालयले ‘अध्यक्ष मण्डल’को भूमिकामा रहने निर्णय यस अघि नै गरिसकेको छ । महाधिवेशनबाट पारित गरिनुपर्ने विशेष प्रस्तावको तयारीका लागि उपमहासचिव प्रदीप ज्ञवाली र महाधिवेशनमा हुने निर्णयहरूको माइन्युनिटिङका लागि उपमहासचिव पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा कमिटी गठन गरिएको  छ ।

    यस महाधिवेशनमा २ हजार २६२ जना प्रतिनिधि सहभागी छन् । महाधिवेशनले अध्यक्ष, ३ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ७ सचिवसहित २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने तयारी रहेको छ । महाधिवेशनमा मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने एमालेको तयारी गरेको छ । ११औं महाधिवेशन अन्तर्गत शनिबार भक्तपुरको सल्लाघारीमा महाधिवेशनको उद्घाटन समारोह सम्पन्न भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology