Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलमा हुने १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनीमा प्रविधि र कृषि क्षेत्र प्राथमिकतामा रहने

बुटवलमा हुने १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनीमा प्रविधि र कृषि क्षेत्र प्राथमिकतामा रहने

  • 555
    SHARES

  • बुटवलमा हुने  १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनीमा प्रविधि र कृषि क्षेत्र प्राथमिकतामा रहने

    बुटवल,मंसिर २८ 

    रुपन्देही उद्योग संघले पुस ३ गतेदेखि १७ गतेसम्म बुटवल मण्डमस्थित राष्ट्रिय औद्योगिक प्रदर्शनी स्थलमा आयोजना गर्न लागेको १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा प्रविधि र कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ ।

    स्वदेशी उद्योगको प्रवद्र्धनका साथै प्रविधि, कृषि र पर्यटनका अलग अलग पेभेलियन बनाएर यसको विशेष योजना बनाइएको संघका अध्यक्ष तथा मूल आयोजक समिति संयोजक कृष्ण प्रसाद पराजुलीले जानकारी दिए ।

    यसको उपसमिति नै बनाएर यो क्षेत्रका उद्यमीहरुलाई समेट्न खोजिएको उपाध्यक्ष युवराज आचार्य बताउँछन् । यसअघि पर्यटन व्यवसायीसँगको सहकार्यमा प्रदर्शनी अवधि भर आउने स्वेदशी तथा विदेशी पर्यटकहरुलाई प्याकेजमा नै समेट्नेगरी योजना बनेको र यससँगै प्रविधि, कृषि क्षेत्रलाई पनि उस्तैगरी प्रभावकारी बनाउने योजना बनाइएको प्रदर्शनी प्रबन्धक यादव भण्डारीले नागरिक अनलाइनलाइ बताए ।

    प्रदर्शनीका सम्पन्न गर्नका लागि संघका अध्यक्षको संयोजकत्वमा १०१ सदस्यीय मूल समिति, ५१ सदस्यीय विशेष सल्लाहकार समिति, २५१ सदस्यीय सल्लाहकार समिति, साथै निवर्तमान अध्यक्षको संयोजनमा विशेष मूल्याङ्कन समिति तथा ३० वटा विभिन्न उपसमिति गठन गरेर तयारी अन्तिम चरणमा पुराइएको छ । भर्खर निर्माण सम्पन्न भएको आधुनिक अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आधुनिकस्तरकै स्टल हुने र यसको सजावटदेखि व्यवस्थापन तथा हालसम्म आयोजना भएका प्रदर्शनी भन्दा धेरै भिन्न हुने र स्वदेशी उत्पादनलाई मात्रै वहाँ स्थान दिइनेगरी संघले दर्ता हुने स्टलहरुलाई कडा नियम बनाएको छ ।butwal_mela 2082.jpg

    अहिले स्टल निर्माणको काम धमाधम भइरहेको सहकोषाध्यक्ष राजु घिमिरेले बताए । ‘बाहिरी तयारी सबै सकिएको छ, स्टल दर्ता पनि अधिकांश सकिएको छ, अब बाल उद्यानको काम पनि भइरहेको छ, भित्र स्टल निर्माणको काम धमाधम भइरहेको छ’, उनले भने ।

    प्रचार समिति संयोजक किरण खरेलले स्थानीय तथा वरिपरीका क्षेत्रमा प्रचारको काम तीव्र गतिमा अघि बढाइएको जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology