Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एमालेको ११ औँ महाधिवेशन भक्तपुरको सल्लाघारीमा उद्घाटन

एमालेको ११ औँ महाधिवेशन भक्तपुरको सल्लाघारीमा उद्घाटन

  • 405
    SHARES

  • एमालेको ११ औँ महाधिवेशन भक्तपुरको सल्लाघारीमा उद्घाटन

    काठमाडौँ,मंसिर २७ ।

    नेकपा एमालेको ११ औँ महाधिवेशन भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको छ । अध्यक्ष केपी शर्मा ओलीले रिमोट थिचेर झण्डोत्तल र बत्ति बालेर उद्घाटन गरेका हुन् ।

    cpn-uml_nyfO5WWfFO.jpg
    उद्घाटन समारोहमा एमालेका नेता कार्यकर्तासहित विभिन्न पार्टीका नेताहरु अतिथिका रुपमा सहभागी भएका छन् ।

    अध्यक्ष केपी शर्मा ओलीले भने-‘धुँवा, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै जब आज यो जनसागर यहाँ यसरी ओर्लिएको छ, म ढुक्कले भन्न सक्छु– लोकतन्त्र अजेय छ, नेकपा (एमाले) अजम्बरी छ’ ।

    अध्यक्ष ओलीले अब निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्ने दृढ संकल्पका साथ हामी अघि बढिरहेका बताए । सल्लाघारीस्थित तीनकुने मैदानमा सहभागीहरुको बाक्लो उपस्थिति रहेको छ भने सुरक्षा व्यवस्था समेत कडा पारिएको छ ।

    एमालेको महाधिवेशन डिजिटल प्रविधिबाट उद्घाटन गरिएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology