Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपाल प्रिमियर लिगको उपाधि लुम्बिनी लायन्सले जित्यो

नेपाल प्रिमियर लिगको उपाधि लुम्बिनी लायन्सले जित्यो

  • 708
    SHARES

  • नेपाल प्रिमियर लिगको उपाधि लुम्बिनी लायन्सले जित्यो

    काठमाडौँ,मंसिर २७ ।

    दोस्रो सिजनको नेपाल प्रिमियर लिगको उपाधि लुम्बिनी लायन्सले जितेको छ ।  शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा ८६ रनको लक्ष्य पछ्याएको लुम्बिनीले मात्र ९ ओभरमा ६ विकेटले खेल जित्यो । 

    टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम पाँच बल बाँकी छँदै ८५ रनमा अलआउट भएको थियो । लुम्बिनीले पहिलो ओभरमै २७ रन बनाएको थियो, उक्त क्रममा दिनेश अधिकारीले विस्फोटक ब्याटिङ गरे, उनले पहिलो ओभरमै चार वटा छक्का प्रहार गरे । 

    यस क्रममा लुम्बिनीले डार्सी सर्टको रूपमा पहिलो विकेट गुमायो । पाँचौँ ओभरको पहिलो बलमा सर्ट हेमन्त धामीले सर्टलाई बोल्ड आउट गरे, उनले १३ बलमा १४ रन बनाए । त्यस्तै दोस्रो विकेटको रूपमा अधिकारी आउट भए । पाँचौँ ओभरको तेस्रो बलमा आउट भएका अधिकारीले १३ बलमा ४२ रन जोडे । उनी पनि धामीकै बलमा क्याच आउट भए । 

    कप्तान रोहित पौडेल १२ बलमा १६ रन बनाए र आउट भए । त्यस्तै निरोसन डिकवेलाले १२ बलमा ११ रन बनाए । सन्दीप जोराले भने आज रन बनाउन सकेनन् । तीन बल खेलका उनी शून्यमै आउट भए । दिलीप नाथ १ रनमा नट आउट रे । 

    आज लुम्बिनीका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । कप्तान रोहित पौडेलले घातक बलिङ गर्दै ह्याट्रिकसहित ३ विकेट लिएर मात्र १२ रन खर्चे । त्यस्तै, शेर मल्लले ४ ओभरमा १८ रन दिएर ३ विकेट हात पारे भने रुबेन ट्रम्पलमानले मात्र २.१ ओभर बलिङ गर्दै ३ रन खर्चेर ३ विकेट लिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology